काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडको बोनश शेयर पछिको मूल्य समायोजन भएको छ । नेप्सेले १२ प्रतिशत बोनश शेयर पछिको मुल्य समायोजन गरी ३८० रुपैयाँ १८ पैसा कायम भएको छ । ।
कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो । कम्पनीले अघिल्लो कारोबारको दिन अर्थात् आइतवार कायम अन्तिम शेयरमूल्य ४२५ रुपैयाँ ८० पैसाको आधारमा शेयरमूल्य समायोजन गरेको हो ।
कम्पनीले यसवर्ष हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतका दरले बोनश शेयर र कर प्रयोजनका लागि ३ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव पारित गर्न कम्पनीले मंसिर २ गते २७औं वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको आफ्नो रजिष्टर्ड कार्यालय, कमलादीमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ ।