IME Life New

कीर्ते कागजपत्रको प्रयोग बढेको भन्दै समितिको ध्यानाकर्षण, संलग्न भएको पाइए कडा कारबाही गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले बीमा क्षेत्रमा कीर्ते र जालसाजीपूर्ण कागजातको प्रयोग बढेको भन्दै बीमा कम्पनीका कर्मचारी, अभिकर्ता, बीमा सर्भेयर र बीमा क्षेत्र संग संलग्न व्यक्तिहरुलाई चनाखो हुने निर्देशन दिएको छ ।

पछिल्लो समय बीमा कम्पनीहरुले व्यवसाय भित्र्याउने बहानामा जस्तासुकै कागजपत्रलाई पनि स्वीकृत गर्दै आइरहेका छन् । यस क्रममा बीमा कम्पनीका कर्मचारी, बीमा अभिकर्ताहरु, बीमा सर्भेयरहरु नै सहभागी हुने गरेको भन्दै बीमा समितिमा गुनासो आउन थालेका छन् ।

Esewa
Crest

बीमा व्यवसायसँग सम्बद्ध विभिन्न व्यक्ति, समुह तथा संस्थाहरु मार्फत बीमाका नाममा विभिन्न कीर्ते र जालसाजीपूर्ण कागजात तथा व्यहोरा पेश गरी ठगी लगायतका बीमा सम्बन्धी कसुरहरु हुने गरेको पाइएको बीमा समितिले जनाएको छ ।

यसरी कीर्ने कागजात एवम् विवरणका आधारमा बिमालेख तयार गर्ने गरेको र हुँदै नभएका घटनाका कीर्ते कागजातहरु पेश गरी ठगी गर्ने नियतले बीमा दाबी भुक्तानीको प्रयास हुने गरेको भन्ने गुनासाहरु बीमा समितिमा आउने गरेको समितिले जनाएको छ । यस्ता प्रकारका कानुन विपरितका क्रियाकलापबाट बीमा व्यवसायमा समेत नकारात्मक असर पर्ने र बीमित तथा लाभग्राहीहरु पनि पीडीत भई बीमा क्षेत्र प्रति जनविश्वास घट्न जानुका साथै बीमाक्षेत्रको शाखमा समेत ह्रास आउने भएकाले त्यस प्रकारका गलत क्रियाकलापमा संलग्न हुने बीमक, बीमा कम्पनीका कर्मचारी, बीमा अभिकर्ता, बीमा सर्भेयर र अन्य सम्बद्ध व्यक्ति तथा संस्थाहरु माथि प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने समितिले जनाएको छ ।

बीमा कम्पनीहरुबाट दाबी पाउन कतिपय स्थानीय निकायका जनप्रतिनिहरु सँगको संलग्नतामै कीर्ते कागजात बनाएर दाबी समेत हुने गरेको बीमा कम्पनीहरु बताउछन् । स्थानीय निकाय तथा सरकारी अण्डा बाटै आउने कागजातमा विश्वास गर्न नसकिने अवस्था आएको छ । जनप्रतिनिधि तथा कर्मचारीहरुमै मैले यति लेखिदिएको भरमा दाबी पाउछ भने के छर भन्दै आधारहित कागजात बनाइदिने गरिएको बीमा कम्पनीका कर्मचारीहरु बताउछन् ।

अर्को तर्फ बीमा व्यवसाय भित्र्याउनैका लागि पनि बीमा कम्पनीका कर्मचारी, अभिकर्ता तथा सर्भेयरको संलग्नतामा कीर्ते कागजात बनाउनेसम्मका कुराहरु बीमा समितिमा पुगेको छ । बीमा समितिले यस्तो कार्यलाई निरुत्साहित पार्ने किसिमका कदम चाल्नु पर्ने देखिएको छ । विदेशमा भएका नेपालीको बीमा हुने, आवस्यक कागजपत्र पुरा नभइ बीमा गर्ने, कतिपय कागजात आफैले छाप तथा लेटरप्याड बनाएर पेश गर्नेसम्मका हर्कत भएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS