काठमाडौं । मुक्तिनाथ विकास बैंकले १८.५० प्रतिशत लाभांश घोषणा गरेको छ । कार्तिक १२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १७.५७५ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.९२५ प्रतिशत नगद लाभांश सहित १८.५० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
बैंकको हालको चुक्ता पूँजी ४ अर्ब ८१ करोड रुपैयाँ छ । प्रस्तावित बोनश शेयर पछि बैंकको चुक्ता पूँजी ८४ करोड ५३ लाख रुपैयाँले बढ्नेछ अर्थात ५ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै साधारणसभामा पेश गर्न सकिनेछ । साधारणसभाले प्रस्तावित लाभांश पारित गरेपछि मात्रै शेयरधनीले पाउनेछन् ।