IME Life New

मध्य भोटेकोशीको आइपिओ बाँडफाँड सम्पन्न, ८ लाख १९ हजारले पाए १० कित्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपिओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलको केन्द्रिय कार्यालयमा बाँडफाँड सम्पन्न भएको हो । प्राथमिक शेयरको नतिजा केहि समय पछि मात्रै थाहा पाउन सकिने ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

कम्पनीको प्राथमिक शेयर ८ लाख १९ हजारले १०/१० कित्ताको दरले प्राप्त गरेका छन् । त्यस्तै कम्पनीका कर्मचारीहरुले ३ लाख ६० हजार कित्ता र म्युचुअल फण्डहरुले ४ लाख ५० हजार कित्ता शेयर प्राप्त गरेका हुन् ।

Esewa
Crest

कम्पनीले असोज २० गतेदेखि २५ गतेसम्म सर्वासाधारणका लागि प्राथमिक शेयर निष्काशन गरेको थियो । उक्त अवधिमा २३ लाख ९० हजार भन्दा धेरैले तीन करोड ४२ लाख कित्ता भन्दा धेरैका लागि आवेदन दिएका थिए । जम्मा आवेदक मध्ये ९५ हजार भन्दा धेरैको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । बाँडफाँडका लागि भने २२ लाख ९४ हजार मात्रै योग्य भएका छन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी आईएस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS