Connect IPS
IME Life

सन नेपाल लाइफले साधारण शेयर निष्काशनका लागि गरायो दोश्रो पटक क्रेडिट रेटिङ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साधारण शेयर (आइपीओ) निष्काशन गर्नका लागि दोश्रो पटक क्रेडिट रेटिङ गराएको छ । कम्पनीले केयर एनपि त्रिपल बि क्रेडिट रेटिङ पाएको हो ।

रेटिङ एजेन्सी केयर रेटिङनेपालले गरेको कम्पनीको जोखिम वर्गिकरणको आधारमा शेयर जारी गर्ने कम्पनीको रुपमा सन नेपालले यस्तो रेटिङ पाएको हो । केयर रेटिङका अनुसार यस्तो रेटिङले निर्धारित समयमै वित्तीय दायीत्व पुरा गर्ने सन्दर्भमा मध्यम स्तरको जोखिम रहेको जनाउँछ ।

Prabhu
Crest

अधिकृत पूँजी २ अर्ब रुपैयाँ रहेको सन नेपाल लाइफ इन्स्योरेन्सले ६० करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने तयारी गरिरहेको छ । वीरगंजमा मुख्यालय रहेको क्याल समूह मुख्य प्रवद्र्धक रहेको यस कम्पनीको हालको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुमध्ये आर्थिक वर्ष २०७४।२०७५ पछि मात्र सञ्चालनमा आएको हो । यस कम्पनीले गत असार मसान्तसम्ममा १२ करोड ११ लाख रुपैयाँ खुद बिमाशुल्क आम्दानी गरेको छ । यो रकम जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कूल बीमाशुल्क रकमको जम्मा १.७८ प्रतिशत मात्र हो ।

त्यस्तै, बजार हिस्साको आधारमा यो कम्पनी १९ वटा जीवन बीमकमध्ये १६ औं स्थानमा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS