काठमाडौं । कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कात्तिक १० गते बुक क्लोज गर्ने भएसँगै कात्तिक ९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
उक्त प्रस्ताव पारितका लागि कम्पनीले आगामी कात्तिक २३ गते साधारण सभा आयोजना गरेको छ । सभा बिहान १० बजे पार्क भिलेज रिसोर्ट, बुढानिलकण्ठमा हुने कम्पनीले जानकारी गराएको छ ।
कम्पनीले सभामा वार्षिक प्रतिवेदनमाथि छलफल गरी, नाफा, नोक्सान, हिसाब नगद प्रवाह लगायतका प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १८ दशमलव ५० प्रतिशत बोनस शेयर र शून्य दशलमव ९७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । सभामा उक्त प्रस्ताव समेत पारित गर्नेछ ।