IME Life New

एशियन लाइफको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम ७५ रुपैयाँसम्म पाउने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को लागि नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७६/२०७७ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिको कार्तिक ३ गतेको पत्र मार्फत स्वीकृत भई बीमालेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो । कम्पनीले जारी गरेको विभिन्न पोलिसीमा न्युनतम ३२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

सावधिक तथा आजीवन बीमालेख
यस बीमालेखमा कम्पनीले न्युनतम प्रतिहजार ५० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । कम्पनीको यस बीमालेखमा १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ५० रुपैयाँ निर्धारण गरेको छ । १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ५५ रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ६० रुपैयाँ, बोनसदर कायम गरेकोे छ भने यसै पोलिसीको २५ वर्ष वा सो भन्दा बढि अवधिको लागि प्रतिहजार ७५ रुपैयाँ कायम गरेको छ ।

Crest

कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख ४२ हजार ९ सय ५४ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ५५ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

बालबालिकाको सावधिक जीवन बीमालेख
बालबालिकाको सावधिक जीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ३८ रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनसदर कामय गरेको छ । १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ३८ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५३ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ६० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख १ लाख ३४ ८७७ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४५ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

सावाधिक जीवन बीमालेख
सावाधिक तथा आजीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ३५ रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनसदर कामय गरेको छ । १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५३ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ६० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीले सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको यस बीमालेख मात्रै ९७ हजार २७ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४५ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख
अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखको हकमा भने कम्पनीले न्युनतम ४४ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले १० वर्ष अवधिको लागि ४४ रुपैयाँ, १२ वर्ष अवधिको लागि पनि प्रति हजार ४४ रुपैयाँ, १५ वर्ष अवधिको लागि प्रति हजार ५५ रुपैयाँ, १८ वर्ष अवधिको लागि प्रति हजार ५८ रुपैयाँ र २० वर्ष अवधिको लागि प्रति हजार ६५ रुपैयाँ बोनसदर कायम गरेको छ भने २५ वर्ष अवधिको लागि कम्पनीले प्रति हजार ७० रुपैयाँ बोनसदर कायम गरेको छ ।

कम्पनीले सबैभन्दा धेरै १५ वर्षे अवधिको १० हजार ८ सय ५९ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ५५ रुपैयाँ बोनश प्राप्त गर्ने छन् ।

नव रत्न जीवन संजीवनी दम्पत्ति सुरक्षा प्लस
नव रत्न जीवन संजीवनी दम्पत्ति सुरक्षा प्लस बीमालेखको हकमा कम्पनीले न्युनतम ३२ रुपैयाँदेखि ५८ रुपैयाँसम्म बोनसदर कामय गरेको छ । १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ५८ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीले सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको मात्रै ५ हजार २ सय २ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४२ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS