IME Life

सरकारका बारे अनर्गल प्रचार भयो : परराष्ट्रमन्त्री डा. खड्का

SPIL
NIC ASIA
उदयपुर। परराष्ट्रमन्त्री डा. नारायण खड्काले अहिलेकोे गठबन्धन सरकारको मुख्य प्राथमिकता भनेको जनताको जीवन रक्षा गर्दै मुलुकको आर्थिक विकासलाई द्रुत गतिमा अगाडि बढाउनु रहेको बताएका छन् । नेपाल प्रेस युनियन उदयपुरद्वारा सोमबार गाईघाटमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा परराष्ट्रमन्त्री डा. खड्काले यस्तो बताएका हुन् ।

‘सरकारको पहिलो प्राथमिकता भनेको सबै नेपाली नागरिकलाई कोरोनाविरुद्धको खोप लगाएर जनताको जीवन सुरक्षा गर्ने काम हो । सरकारको दोस्रो प्राथमिकता भनेको कोरोना महामारीले थिलथिलो बनेको मुलुकको आर्थिक अवस्थालाई सुदृढीकरण गर्न संकटमा परेका उद्योग, कलकारखानालाई सुदृढीकरण गर्ने रहको छ’, उनले भने, ‘त्यसैगरी तेस्रो संचालनमा रहेका ठूला योजनाहरूलाई समयमा नै सम्पन्न गर्ने नीति रहेको छ । चौथो भनेको भष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने हो ।’

सरकारले अहिले चारवटा कुरालाई प्राथमिकीकरण गरी काम गरिरहेको परराष्ट्र मन्त्री डा. खड्काले जानकारी दिए । त्यसमा पनि पहिलो प्राथमिकता रहेको कोरोनाविरुद्धको खोप चालू आर्थिक वर्षभित्रै ७० प्रतिशत जनतालाई खोप लगाइसक्ने लक्ष्य लिएको स्पष्ट पारे ।

Prabhu
Crest

उदयपुर निर्वाचन क्षेत्र नम्बर- १ का सांसदसमेत रहेका मन्त्री डा. खड्काले उदयपुरको विकासका लागि आफूले यसअघि पनि धेरै कामहरू गरेको स्पष्ट पारे । उदयपुरको अभिसापको रूपमा रहेको त्रियुगा नदी नियन्त्रणमा आफनो योगदान रहेको औँल्याए । ठूलो धनजनको क्षति पुर्‍याउँदै आएको त्रियुगा नदी नियन्त्रणका लागि नेकपा एमाले नेतृत्वको सरकारको पालादेखि नै समन्वय गरी तीन वर्षमा सम्पन्न गर्ने गरी आठ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको र त्यसमध्ये यस वर्ष दुई अर्ब रुपैयाँ अर्थ मन्त्रालयबाट स्वीकृत गरी टेण्डर खोल्ने तयारी भएको जानकारी गराए ।

निर्माणाधीन सगरमाथा विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)को काम तीन वर्ष लगाएर सम्पन गराएको र अब चाँडै त्यहाँको जग्गा नागरिक उड्डयन मन्त्रालयको नाममा नामसारी गरी काम अघि बढाउने तयारी भएको उल्लेख गरे ।

पत्रकारहरूका यो सरकारको आयु कहिलेसम्म हो भन्नेलगायतका धेरै जिज्ञासामा संक्षिप्त रूपमा एकमुष्ठ जबाफ दिँदै मन्त्री डा. खड्काले विगतमा नेकपा एमाले नेतृत्वको सरकारले दुई-दुई पटक संसद विघटन गरी मुलुकलाई अस्थिरतातिर धकेल्ने प्रयास गरेकामा आफूहरूले यो संसद पूरै अवधि चल्नुपर्छ भनी अदालत र राष्ट्रपति समक्ष उपस्थित भई सनाखत गरेको स्मरण गर्दै अहिलेको गठबन्धन सरकार संसदको पूरा अवधि टिक्ने दाबी गरे ।

गठबन्धनमा रहेका राजनितिक दलहरूका बीचमा साझा सहमतिका एजेण्डाहरूका आधारमा सरकार संचालन भइरहेको बताउँदै नेपालको संविधानले मध्यावधि वा अर्ली इलेक्सनको परिकल्पना नगरेको हुँदा संसदको पूरा अवधिसम्म अहिलेकै सरकार रहनेमा कुनै आशंका नगर्न आग्रह गरे ।

नेपाली कांग्रेसका केन्दीय सदस्यसमेत रहेका परराष्ट्रमन्त्री डा. खड्काले मुलुकमा संकट आएपछि सरकारको नेतृत्व कांग्रेसको काँधमा जाने गरेको इतिहास साक्षी रहेको दोहोर्‍याए । झण्डै दुई तिहाइको नजिक रहेको यसअघिको एमाले नेतृत्वको सरकारले जनताले दिएको जिम्मेवारी बहन गर्न नसकेपछि मुलुकलाई राजनीतिक निकास दिनका लागि यो अहिलेको सरकार गठन आएको उनले बताए ।

केही संचार माध्यमले आफूले भनेको भन्दा फरक ढंगले समाचारहरू प्रसारण गरी अनर्गल प्रचार गरेकामा दु:ख व्यक्त गर्दै लिपुलेक, कालापानी वा नेपालका सबै भूभागमा राष्ट्रिय जनगणनालगायतका कार्यक्रमहरू नेपालको नियम, कानुनअनुसार संचालन हुने उल्लेख गरे ।

नेपालको हितविपरीत र दलीय सहमतिबिना मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) पारित नहुने पनि उनले स्पष्ट पारे । नेपालको परराष्ट्र नीतिअनुरूप छिमेकी मुलुकविरुद्ध नेपालमा कुनै पनि गतिविधि हुन नदिने र नेपालले सबै छिमेकी राष्ट्रहरूलाई समान दृष्टिकोणले हेरेको उनको भनाइ थियो ।

फरक प्रसंगमा निर्वाचन संविधानले तोकेको समयमा हुने तर राजनीतिमा संभावनाका खेल धेरै हुने हुँदा परिस्थितिजन्य वातावरण बनेमा केही समय हेरफेर हुन सक्ने मन्त्री डा. खड्काले बताए । न्युज कारखाना

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS