IME Life New

सूर्या लाईफले १३ वर्षपछि परिवर्तन गर्यो ब्राण्ड लोगो र ब्राण्ड मन्त्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  नेपालको जीवन बीमा ब्यवसायमा मौलिक पहिचान तथा नयाँ उचाईमा पुग्ने लक्ष्यका साथ सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले सेवामा उत्कृष्टता कायम गर्ने प्रतिबद्धता र सुदृढ पहिचान कायम गर्ने उद्धेश्यले पोखराको :Mountain Glory Forest Resort मा आयोजित एक भब्य समारोहमा आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो मुल नारा (Slogan) “सर्वे भवन्तु सुखिनः” रहने ब्यहोरा ब्यक्त गरेको छ ।

Esewa
Crest

उक्त नयाँ लोगो कम्पनीको संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराई, कम्पनीका संचालक तथा बीमा बिज्ञ  विवेक झा तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खडकाज्यूले संयुक्तरुपमा अनावरण गरेका थिए ।

कम्पनीको संचालक समितिका अध्यक्ष  भट्टराईले नयाँ लोगो सार्वजनिक भए संगै नयाँ पहिचानका साथ कम्पनी अझ सफलतापुर्वक अगाडि बढ्ने विश्वास ब्यक्त गरे । त्यसै गरी कम्पनीले संगठनात्मक सुशासनलाई प्राथमिकता दिई आफ्ना बीमित-सेवाग्राहीहरुलाई कम्पनीबाट प्रवाह हुने सेवा अझ उत्कृष्ट तथा छिटो छरितो रुपमा उपलब्ध गराउन संचालक समितिबाट ब्यवस्थापनलाई पूर्ण सहयोग रहने प्रतिबद्धता ब्यक्त गरे ।

त्यसैगरी दश बर्ष भन्दा बढी अवधि देखि जीवन बीमा क्षेत्रमा आफ्नो छुट्टै पहिचान तथा नेतृत्वदायी भुमिका निभाउनु भएका सफल बीमा बिज्ञ तथा कम्पनीका संचालक  झाले उक्त कार्यक्रममा बीमाको महत्व र नयाँ लोगोको आवश्यकताको वारेमा प्रकाश पारेका थिए । उहाँले जीवन बीमाका चार आधारहरु बीमित, अभिकर्ता, कर्मचारी तथा लगानीकर्ता हुन्छन, यि मध्ये प्रमुख दुई pillar  अभिकर्ता तथा कर्मचारी जसले बीमित तथा कम्पनीको बिच एउटा मजबुत पुलको काम गरेका हुन्छन् सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले अब आफ्नो छुट्टै पहिचान कायम गरी देशमा अब्बल कम्पनीको रुपमा स्थापित हुने यात्राको सुरुवात यस नयाँ लोगोको नारा ‘सर्वे भवन्तु सुखिनः’ अर्थात ‘सबै सुखि हुन्’ कासाथ सुभारम्भ गरेको कुरा ब्यक्त गरे ।

कार्यक्रममा झाले नयाँ लोगोका तीन रंग रातो, कालो र पहेंलोले यस कम्पनीको उद्धेश्यलाई स्पष्ट पार्छ र कम्पनी अब Bigger, Bolder र Brighter   भएर अगाडी बढदै आफ्ना ग्राहकहरुको चाहना र सन्तुष्टीको ख्याल गर्दै आफ्ना सेवाहरुलाई केन्द्रमा राखि यसको बिशिष्टिकरणका लागि Technology र updated Management Philosophy को प्रयोगबाट गति दिने योजना रहेको स्पष्ट पारेका थिए ।

त्यसै गरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत खडकाले नयाँ लोगो र नयाँ पहिचान भनेको बीमा सेवामा उत्कृष्टताको प्रतिबद्धता हो, त्यसैले कम्पनी ब्यवस्थापन संचालक समिति, बीमित, अभिकर्ता र नियमनकारी निकाय सबैमा आफ्नो उत्कृष्ट पहिचान राख्न कटिबद्ध रहेको ब्यहोरा ब्यक्त गर्नु भयो । साथै कम्पनीलाई आगामी दिनमा मौलिक पहिचानका साथ अग्रणी तथा अब्बल कम्पनीको रुपमा नयाँ उचाईमा पु¥याउने प्रतिबद्धता ब्यक्त गरेका छन्  ।

दुई दिन सम्म संचालित उक्त कार्यक्रममा कम्पनीबाट समय समयमा जारि भएका बिभिन्न बीमा योजनाहरु बीमा बजारमा लगि कम्पनीको ब्यवसाय विस्तारमा पु¥याएको योगदानको उच्च कदर गर्दै आ.ब. २०७७/०७८ का उत्कृष्ट अभिकर्ता तथा एजेन्सी मैनेजरहरुका साथै कम्पनीको लक्ष्य प्राप्तिका लागि अहोरात्र खटिई उत्कृष्ट कार्य गर्ने कर्मचारी तथा शाखा कार्यालयहरुलाई बिभिन्न बिधामा अवार्ड प्रदान गरिएको थियो । कम्पनीका अध्यक्षज्यू, संचालकज्यू तथा प्रमुख कार्यकारी अधिकृतज्यूले पुरस्कृत हुने सबैलाई बधाई ज्ञापन गर्नुका साथै उक्त कार्यक्रममा अभिकर्ता संघका अध्यक्ष राम बहादुर तामाङ्ग, पुरस्कृत अभिकर्ता/एजेन्सी मेनेजरहरुको तर्फबाट  सुनिल खडका तथा  कमल प्रसाद घिमिरेले समेत आफ्नो बिचार ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS