IME Life New

प्रभु लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले न्युनतम ३३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७६/२०७७ को नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक आर्थिक वर्ष २०७६/२०७७ को लेखाजोखा तथा दायित्व मुल्याङ्कन सम्बन्धी बीमाङ्कीबाट तयार गरिएका बीमाङ्कीय प्रतिवेदन बीमा समितिको २०७८ कार्तिक ७ गतेको पत्र मार्फत स्वीकृत भई २०७७ अषाढ मसान्तसम्ममा जारी भएका कम्पनीको मुनाफामा सारिक हुने गरी जारी गरिएका बीमालेखहरुमा दिने बोनस दर प्रतिहजार न्युनतम रुपैयाँ ३३ रुपैयाँदेखि ७० रुपैयाँसम्म घोषणा गरेको हो ।

सावधिक जीवन बीमालेख
सावधिक जीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ३३ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर कामय गरेको छ । कम्पनीले सावधिक जीवन बीमालेखमा ९ वर्ष सम्म अवधिको लागि ३३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि ३३ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५१ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको अवधिका लागि ७० रुपैयाँ बोनसदर कायम गरेको छ ।

Esewa
Crest

कम्पनीले १५ देखि १९ वर्ष अवधिको १३ हजार ४ सय ७२ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४० रुपैयाँ बोनस प्राप्त गर्ने छन्।

सावधिक तथा आजीवन बीमालेख
सावधिक तथा आजीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर कामय गरेको छ । कम्पनीले सावधिक तथा आजीवन बीमालेखमा लागि ९ वर्ष सम्म अवधिको लागि ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ३५ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५१ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको सावधिक तथा आजीवन बीमालेखमा ७० रुपैयाँ बोनसदर तोकेको छ ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको १ हजार ३ सय ७३ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४० रुपैयाँ बोनस प्राप्त गर्ने छन्।

अग्रिम भुक्तानी सावाधिक बीमा बीमालेख
अग्रिम भुक्तानी सावाधिक जीवन बीमालेखमा कम्पनीले १० देखि १४ वर्ष अवधिको लागि ३५ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको बीमालेखमा ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ५१ रुपैयाँ बोनसदर तोकेको कम्पनीले जनाएको छ ।

यस बीमालेखमा कम्पनीले सबैभन्दा धेरै १५ देखि १९ वर्षसम्म भएको बीमालेख बढी विक्री गेको छ । यस अवधिमा बीमितले ४० रुपैयाँ बोनस पाउनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS