काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको कार्तिक ५ गते शुक्रबार बसेको संचालक समितिको बैंठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजी ६ करोड ६० लाख रुपैयाँको ३० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत १ दशमलव ५७८ प्रतिशत नगद लाभांश गरि कुल ३१ दशमलव ५७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।