IME Life
GBIME

आजसम्म कायम शेयरधनीले गुराँस लघुवित्तको १७.८०% लाभांश पाउने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । गुराँस लघुवित्त वित्तीय सँस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनार्थका लागि कात्तिक ८ देखि २२ गतेसम्मका लागि बुक क्लोजको मिति तय गरेको छ। त्यसकारण आज कात्तिक ७ गतेसम्म कायम सेयरधनीधरुले मात्र साधारणसभामा भाग लिन, लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले छैठौ बार्षिक साधारणसभा गर्ने भएको छ। असोज ३१ गते बसेको संचालक समितिको १०३ औं बैठकले कात्तिक २२ गते सोमबार साधारणसभा बोलाएको छ ।

Crest

गत आर्थिक बर्षको प्रस्तावित लाभांश स्वीकृत गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने , अन्य लघुवित्तलाई प्राप्ति तथा मर्जरको लागि अख्तियारी दिने, लगायतका एजेन्डाहरु साधारणसभामा प्रस्तुत गर्नेछ ।

लघुवित्तले गत आर्थिक बर्षको कमाईबाट १६ दशमलव ९० प्रतिशत बोनश र कर प्रयोजनका लागि ०.८९ प्रतिशत नगद गरि कुल १७ दशमलव ८० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। सभामा उक्त प्रस्तावित लाभांश समेत पारित हुनेछ ।

साधारणसभाले संस्थापक समुहबाट चार जना संचालक निर्वाचन तथा मनोनित गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

 

हाल लघुवित्तको चुक्तापुंजी ८ करोड ३४ लाख रुपैयाँ रहेको छ। बोनस सेयर वितरण पश्चात लघुवित्तको चुक्तापुंजी ९ करोड ७५ लाख पुग्नेछ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS