काठमाडौं । सिबिआईएल क्यापिटल लिमिटेडको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीको कार्यालय बाटुलेघर, डिल्लीबजारमा सम्पन्न भएको हो ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको २५ प्रतिशत (कर सहित) का दरले हुन आउने ५ करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यसैगरी सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव लगायतका प्रस्ताव पारित गरेको छ ।
क्यापिटलले साधारण सभा र लाभांश प्रयोजनका लागि असोज २० गते (एक दिन) बुक क्लोज गरेको थियो । त्यसकारण असोज १९ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।