IME Life New

स्वरोजगार लघुवित्तले बोलायो साधारण सभा, के के छन् एजेण्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको १३औं वार्षिक साधारण सभा कात्तिक २७ गते हुने भएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ बजेबाट शुरु हुने कम्पनीले जनाउको छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको २५ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

सभामा अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गरी सोही बमोजिम प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने, अन्य कुनै वित्तीय संस्थालाई मर्जर वा एक्वायर गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने कम्पनीले जनाएको छ ।

सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १२ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा कात्तिक ११ गतेसम्मका शेयरधनी मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS