काठमाडौं । कुमारी बैंकले काठमाडौंको सिफलमा नयाँ शाखा विस्तार गरी कारोबार शुरु गरेको छ । काठमाडौं महानगरपालिका–८ स्थित सिफलसमेत गरी बैंकका बागमती प्रदेशमा ८४ शाखा पुगेको बैं.कले जनाएको छ ।
सिफल शाखाबाट ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा र उत्पादनशील व्यवसायमा संलग्न स्थानीयलाई वित्तीय सहयोग गरिने बैंकले बताएको छ ।
हाल बैंकले १९६ शाखा, १७३ एटीएम, १४ विस्तारित काउन्टर, ३३ शाखारहित इकाइमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।