काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १४ दशमलव ७० अंकले घटेर २,५५६ दशमलव ९६ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ११६ वटा कम्पनीको ६१ लाख ६ हजार ४५२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६३ करोड ५३ लाख ९० हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सानिमा बैंकको शेयर कारोबार भएको छ । बैंकको २७ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यसैगरी माछापुच्छ्रे बैंकको ११ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नबिल बैंकको ९ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिद्धार्थ बैंकको ८ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको ७ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।