IME Life New

दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छ्रे बैंक र सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । माछापुच्छ्रे बैंकले साधारण सभा र लाभांश प्रयोजनका लागि कात्तिक ७ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ । त्यसकारण आज कात्तिक ४ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

लिमिटेडको २३औं वार्षिक साधारण सभा कात्तिक २६ गते हुने भएको छ । कम्पनीको असोज २० गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । उक्त सभा कम्पनीले होटल पोखरा ग्राण्ड पार्दी, कास्की, पोखरामा बिहान ११ बजे गर्ने जनाएको छ । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट गर्ने बैंकले बताएको छ ।

Esewa
Crest

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम शेयरधनीहरुलाई चुक्ता पूँजीको १३ दशमलव ३० प्रतिशत बोनश शेयर कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पशे गरी पारित हुनेछ ।

सभामा गत आर्थिक वर्षको वित्तीय विवरण छलफल तथा पारित गर्ने, गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका विषयहरुमाथि छलफल गरी पारित गर्ने एजेण्डा रहेको छ ।

सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न गाभिन तथा वैदेशिक रणनीति साझोदारीमा जान उपयुक्त देखिएको सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, कम्पनीको अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्ने, सञ्चालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित हुनेछन् ।

त्यसैगरी सानिमा बैंकले पनि साधारणसभा प्रयोजनका लागि कार्तिक ७ गते एक दिन बुक क्लोज हुनेछ । बुक क्लोजको अघिल्लो दिन अर्थात कार्तिक ४ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् ।

बैंकले कार्तिक १४ गते साधारणसभा गर्ने भएको छ । सभा आम्रपालि ब्यांकेट बालुवाटारमा साधारणसभा गर्ने निर्णय गरेको छ ।

बैंकले प्रस्ताव गरेको १७ प्रतिशत बोनश शेयर बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.८९ प्रतिशत नगद लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृत पाइसकेको छ । बैंकको हालको चुक्ता पूँजी ९ अर्ब ६८ करोड रुपैयाँ छ ।

प्रस्तावित बोनश शेयर वितरण पछि भने चुक्ता पूँजी ११ अर्ब ३२ करोड रुपैयाँ पुग्नेछ । सभाले संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकहरुको निर्वाचन गर्ने कार्यतालिका रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS