IME Life New

जनउत्थान सामुदायिक लघुवित्तद्धारा मृतकको परिवारलाई बीमा दावी रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले मिति बीमा दाबी रकम हस्तान्तरण गरेको छ । ओमसतीया गाँउपालीका वडा नं. १, पडसरी रुपन्देही स्थित शाखा कार्यालयमा आबद्ध (केन्द्र नं. ९४) आर्शिबाद बैकिङ्ग समुदायकी सदस्यस्व.श्री गीता गुरुङ्गको मृत्यु पश्चात नीजको श्रीमान रबिन्द्र कुमार थापालाई बीमा दाबी रकम हस्तान्तरण गरेको हो ।

नीज सदस्यको भदौ १० गतेका दिन ४७ वर्षको उमेरमा मृत्यु भएको थियो । स्व. गीता गुरुङ्ग यस संस्थामा २०७६/०३/१७ गतेबाट आबद्ध भई बचत तथा कर्जा कारोबारमा संलग्न रहेको र २०७७/०५/२५ गते एक लाख रुपैया कर्जा उपभोग गरेकोमा नीज सदस्यको मृत्यु पश्चात बीमा दाबीबाट १ लाख १० हजार प्राप्त भएकोमा नीजले उपभोग गरेको कर्जा मध्य बाँकी कर्जा रकम ६३,८२६ कट्टा गरी बाँकी नगद रकम ४६,१७४ हस्तान्तरण गरिएको हो ।

Esewa
Crest

बीमा रकम हस्तान्तरण कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेलले मृतक सदस्यको श्रीमान रबिन्द्र कुमार थापालाई नगद हस्तान्तरण गरे । संस्थाले आफ्ना सदस्यहरुको हिततथा संरक्षण गर्नका लागी सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुरुप बिभिन्न कार्यक्रमतथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ ।

कार्यक्रममा संस्थाका कर्जा बिभागका बिभाग प्रमुख भरत कुमार रसाली, बुटवल बेश अनुगमन अधिकृत टोप बहादुर सुनार, शाखा प्रमुख गीता रायमाझी, कर्मचारी दिपेन्द्र रसाइली, तारापती पौडेल र बैकिङ्ग समुदायका सदस्यहरुको उपस्थिती रहेको थियो

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS