IME Life New

सिद्धार्थ बैंकको मुद्दती खाता अनलाइनबाटै खोल्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब सिद्धार्थ बैंकको मुद्दती खाता अनलाइनबाटै खोल्न सकिने भएको छ। बैंकले डिजिटल बैंकिङ्ग प्रविधिको सदुपयोग गर्दै आफ्ना ग्राहक महानुभावहरुलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउने उद्देश्यले यही कार्तिक देखि अनलाइन मार्फत मुद्दती खाता खोल्न सकिने व्यवस्था ल्याएको हो ।

यसका लागि ग्राहकहरुले बैंकको EasyBank प्लाटफर्म https://easybank.siddharthabank.com/ प्रयोग गरी भौतिक रुपमा बंैकसम्म नपुगिकनै घरैबाट आवश्यक विवरण भरी सहज रुपमा अनलाइन मार्फत मुद्दती खाता खोल्नको लागि आवेदन दिन सकिनेछ । ग्राहकहरुले उक्त मुद्दती निक्षेप खातामा बैंकले प्रदान गर्दै आएका आकर्षक ब्याजदरहरुको फाइदा लिन सक्नेछन् ।

Esewa
Crest

यस खाता दोल्नका लागि पहिला बैंकको मोबाइल बैंकिङ्ग एप सिद्धार्थ BankSmart बाट मात्र प्रदान गर्दै आएको थियो । अब ग्राहक महानुभावहरुले घरबाटै EasyBank वा BankSmart  बचत प्रयोग गरी मुद्दती खाता खोल्न सकिनेछ ।

सिद्धार्थ बैंकले डिजिटल प्रविधिको सदुपयोग गर्दै बैंकिङ्ग प्रणाली अझ सजिलो तथा प्रभावकारी बनाउने लक्ष्य लिएको छ र आगामी दिनहरुमा अरु पनि अनलाइन सुविधाहरु ल्याएर बैंकिङ्ग सेवालाई अझ ग्राहकमैत्री बनाउने उद्देश्य राखेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS