Connect IPS
IME Life

व्याजदर सम्बन्धी क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको यस्तो निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको व्याजदर बढाउँदै आएका छन् । बैंकहरुले केहि मिनेट तथा घण्टामा व्याजदर तय गर्ने परिपाटीले गर्दा बैंकिङ क्षेत्र अस्थिर बन्दै आएको छ । सोही कुरालाई मध्यनजर गर्दै राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई व्याजदर सम्बन्धी एक परिपत्र जारी गरेको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले बजार विस्तारका नाममा ब्याजदर बृद्धि गरी अस्वस्थ प्रतिस्पर्धा गरिरहेको अवस्थामा राष्ट्र बैंकले यस्तो निर्देशन जारी गरेको हो । जसअनुसार इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले जुनसुकै प्रकारको निक्षेपमा प्रदान गर्ने व्याजदर निर्धारण तथा प्रकाशन गर्दा अघिल्लो महिना प्रकाशित व्याजदर बढीमा १० प्रतिशतका दरले मात्र परिवर्तण गर्नुपर्नेछ ।

Prabhu
Crest

त्यसैगरी संस्थागत मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम व्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम व्याजदरभन्दा कम्तीमा एक प्रतिशतको विन्दुले कम हुनुपर्नेछ ।

इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले कार्तिक महिनाका लागि प्रकाशित भइसकेको व्याजदरमा समेत संशोधन गरी कार्तिक ३ गतेभित्र आफ्नो वेवसाइटमा सार्वजनिक गरी सोही मितिबाट लागु गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । साथै सोही व्याजदर कार्तिक ५ गतेभित्र दैनिक पत्रपत्रिकामा समेत प्रकाशन गर्नुपर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS