IME Life New

सिटिजन लाइफ पाँचौं वर्षमा प्रवेश, आर्थिक वर्ष २०७७/७८ मा १८०% ले व्यवसाय बृद्धि गर्न सफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको चौथो वर्ष सफलतापुर्वक पार गरी पाँचौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०७४ साल कार्तिक २ गतेबाट कारोबार सुरु गरेको थियो । कम्पनीले आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा हरेक वर्ष स्थानीय स्तरमा रक्तदान, निशुल्क स्वास्थ्य शिविर, गरिव, असहाय तथा वृद्ध वृद्धालाई निशुल्क भोजन तथा कपडा, सार्वजनिक स्थानमा सरसफाई लगायतका कार्यक्रम एवम विद्यार्थीहरुलाई पोशाक, पुस्तक, स्टेस्नरी लगायतका शैक्षिक सामाग्री वितरण गरी मनाउँदै आएकोमा यस वर्ष पनि सप्ताह व्यापी कार्यक्रम मार्फत सो गतिविधीहरुलाई निरन्तरता दिइने जनाएको छ ।

कम्पनीका सिईओ पोषक पौडेलले व्यवसाय सञ्चालनको चौथौं वर्ष पार गरी पाँचौं वर्षमा प्रवेश गरेको सुखद अवसरमा,सम्पूर्ण ग्राहकवर्ग, व्यवसायिक सिटिजन लिडरहरु, नियमनकारी निकायहरु, शेयरधनी महानुभावहरु, सञ्चालक समिति, सद्भावना दुतद्वय , सञ्चारकर्मी, व्यवसायिक साझेदारहरु, कर्मचारीहरु लगायत सबै शुभचिन्तकहरुमा हार्दिक कृतज्ञता व्यक्त गरेका छन् ।

Esewa
Crest

साथै, प्रचलित कानुन, निति, नियम एवम नियमनकारी निकायबाट जारी निर्देशनहरुको परिपालन गर्दै र सञ्चालक समितिको मार्गदर्शन अनुरुप संस्थागत सुशासन कायम गर्दै निर्धारित व्यवसायिक लक्ष्य हासिल गर्न व्यवस्थापन कटिवद्ध रही आगामी दिनहरुमा अझ गुणस्तरीय सेवा प्रदान गर्ने, बीमा सम्बन्धी जनचेतना अभियानमार्फत व्यवसाय बृद्धि गर्ने, बीमाको पहुँच बृद्धि गर्न योगदान पुर्याउने, दीर्घकालिन रुपमा बीमा व्यवसायमा ध्यान दिने लगायतका कार्यहरु गर्दै अगाडी बढ्ने कम्पनीका सिईओ पौडेलले प्रतिबद्धता जनाएका छन् ।

त्यसैगरी कम्पनीका संचालक समितिका अध्यक्ष प्रदिप जङ्ग पाण्डेले कम्पनीलाई आजको अवस्थामा ल्याई पु-याउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु-याउने सम्बन्धित सबैप्रति कृतज्ञता व्यक्त गर्दै कम्पनीबाट सञ्चालित विभिन्न अभियानहरु; ‘डिजिटल सिटिजन अभियान’, ‘सिटिजन स्वोरोजगार अभियान’ तथा बीमाको सचेतना बढाउन ‘जीवन बीमा जरुरी छ’, ‘विद्यार्थीसँग बीमा’, ‘गुरु सम्मान कार्यक्रम’ एवम नवीनतम जीवन बीमा योजना र व्यवसायिक तथा दक्ष कर्मचारी र सिटिजन लिडरहरु सहितको ‘सिटिजन टिम’ मार्फत कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको बताए ।

यस अवधिसम्ममा कम्पनीले ७३ जिल्लामा आफ्नो संजाल विस्तार गरी १२६ वटा शाखा तथा उप शाखा कार्यालयमार्फत आफ्ना बीमितहरुलाई बीमा सेवा प्रदान गर्दै आएको छ । डिजिटल सिटिजन अभियान अन्तर्गत अनलाइन बीमालेख खरिद, बीमा शुल्क तथा बीमा दाबी भुक्तानी सेवा प्रदान गर्दै आएको छ ।

त्यसैगरी कम्पनीले नेपालमै पहिलोपटक बीमा अवधि समाप्तीमा बीमाङक रकमको डबल प्लस बोनश ५० लाखसम्मको २० घातक रोगको रक्षावरण गर्ने योजना ल्याएको छ । कम्पनीले सिटिजन बीमा जागरण अभियान मार्फत विद्यार्थीसँग बीमा कार्यक्रम, गुरु सम्मान कार्यक्रम , सिटिजन केयर अभियान, बीमित, अभिकर्ता तथा कर्मचारीको स्वास्थ्य सुविधाको लागि विभिन्न अस्पतालहरुसँग सहकार्य, सिटिजन स्वरोजगार अभियान लगायतका विभिन्न बीमा जागरणहरु मार्फत उत्कृष्ट बीमा सेवा प्रदान गरेको छ ।

कम्पनीले २०७८ असार मसान्तसम्ममा ५ अर्ब ६८ करोड रुपैयाँ कुल लगानी गरेको छ । यस अवधिसम्म कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ करोड रहेको छ भने जगेडा कोषमा ८५ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । जीवन बीमा कोषमा ३ अर्ब ५७ करोड, असामाप्त जोखिम वापत व्यवसाय २ अर्ब १७ करोड छ ।

त्यस्तै, कम्पनीका ५ लाख ९० हजार बीमित रहेका छन् । ३१ हजार अभिकर्ता रहेका छन् । कम्पनीले आर्थिक वर्ष २०७७ /७८ मा १८० प्रतिशतले व्यवसाय बृद्धि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS