काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि हिजो बुक क्लोज गरेसँगै आज नेप्सेले शेयर मुल्य समायोजन गरेको हो ।
कम्पनीको २० प्रतिशत बोनश शेयर पछि नेप्सेले प्रतिकित्ता ६ हजार ५ सय ७४ रूपैयाँ १७ पैसा कायम हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले हिजो सोमबारको अन्तिम कारोबार मूल्य ७ हजार ८ सय ८९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
कम्पनीको ५४औँ वार्षिक साधारण सभा कार्तिक १६ गते हुने भएको छ । सभा बिहान ११ बजेदेखि भिडियो कन्फ्रेन्सिङको माध्यमबाट सञ्चालन हुने जनाएको छ ।