IME Life New

एनसीसीद्वारा दोहोरो अंकको ब्याज दर घोषणा, मुद्दती निक्षेपमा कति पाइन्छ ब्याज ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । अन्य वाणिज्य बैंकहरुले दोहोरो अंकको ब्याज दरलाई एकल अंकमा सीमित गर्ने प्रयास जारी राखेका बेला एनसीसी बैंकले दोहोरो अंकको ब्याज दर घोषणा गरेको छ।
वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको मध्यस्थतामा वाणिज्य बैंकहरुबीच अधिकतम ब्याज दरको सीमा तोक्ने भद्र सहमति भएको चर्चा चलिरहेका बेला एनसीसी बैंकले मुद्दति निक्षेपमा १० प्रतिशत ब्याज दर दिने गरी कात्तिक महिनाको लागी ब्याज दर सूची सार्वजनिक गरेको छ।
एनसीसीले ३ महिने वा सो भन्दा बढी अवधिको मुद्दति निक्षेपका लागी व्यक्तिगत ग्राहकलाई १० प्रतिशत र संस्थागत ग्राहकलाई १०.५५ प्रतिशत ब्याज प्रदान गर्ने घोषणा गरेको छ । साथै संस्थागत ग्राहकले मुद्दति निक्षेप नविकरण गरेको अवस्थामा थप ०.१० प्रतिशत ब्याज उपलब्ध गराउने समेत बैंकले जानकारी दिएको छ । भदौ अन्तिम सातादेखि बैंकहरुमा तरलताको अभाव चुलिएपछि वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरुले मुद्दति निक्षेपको ब्याज दर एकल अंकबाट दोहोरो अंकमा पु¥याएका थिए ।
कात्तिक १ गतेदेखि लागू हुने गरी घोषित ब्याज दरमा भने अधिकांश बैंक,वित्तीय संस्थाले मुद्दति निक्षेपको ब्याज दर घटाएर पुनः एकल अंक कायम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS