Connect IPS
IME Life

वाणिज्य बैंकहरुको ब्याजदर परिवर्तन, कुन बैंकले दिन्छ सबैभन्दा बढी ब्याज?

SPIL
NIC ASIA new
Sanima Reliance
 काठमाण्डौं । तरलताको अभाव देखाउँदै असोज महिनाभर निक्षेपको ब्याज दर बढाएका वाणिज्य बैंकहरुमध्ये तीनवटा वाणिज्य बैंकले साधारण बचत खाताको ब्याज दर बढाएका छन् ।
कृषि विकास बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले साधारण बचत खाताको ब्याज दरमा सामान्य वृद्धि गरेका छन् । कृषि विकास बैंकले साधारण बचत खाताको ब्याज दर ४ देखि ६ प्रतिशतसम्म कायम गरेको छ ।यसअघि असोजमा ३.५ देखि ५ प्रतिशतसम्म रहेको थियो । कात्तिकको लागी मुद्दति निक्षेपमा समेत ब्याज दर बढाएर ७.५ देखि ९ प्रतिशत कायम गरेको छ ।
त्यसैगरी नेपाल बैंकले साधारण बचत खातामा ३.०५ देखि ५.५५ प्रतिशत ब्याज दर कायम गरेको छ । असोजमा ब्याज दर ३.०५ देखि ४.५५ प्रतिशतसम्म रहेको थियो । कात्तिक महिनाको लागी पनि मुद्दती निक्षेपको ब्याज दर ८.०५ प्रतिशतमा स्थिर रहेको छ । राष्ट्रिय वाणिज्य बैंकले ३.५५ देखि ६.०५ प्रतिशत कायम गरेको छ । साधारण बचतमा असोजको अधिकतम ब्याजदर ६ प्रतिशत रहेकोमा कात्तिकमा ०.०५ प्रतिशतले वृद्धि गरेको छ । मुद्दतीको अधिकतम ९.०६ प्रतिशतबाट झारेर ब्याज दर ८.५५ कायम गरेको छ ।
सानिमा बैंकले साधारण बचत खाताको ब्याज दर घटाएर ३.५१ देखि ४ प्रतिशत कायम गरेको छ । मुद्दतीमा पनि ६ देखि ८.०१ प्रतिशत कायम गरेको छ । मुद्दतीको ब्याजदर असोजमा ७ देखि १०.०१ प्रतिशतसम्म रहेको थियो । नेपाल इन्भेष्टमेन्ट बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले असोजकै ब्याज दर यथावत राखेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

67%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS