काठमाडौं । दशैं पछिको पहिलो दिनमा शेयर बजार नेप्से परिसूचक १७.५९ अंकले बढेर २,६५६ दशमलव ९७ को विन्दुमा कायम भएको छ । आज ११३ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ६१ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज १८६ वटा कम्पनीको ४७ लाख ६० हजार २९५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४९ करोड ७३ लाख ७५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नबिल बैंकको कारोबार भएको छ । बैंकको ८ करोड ३२ लाख ६७ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डिस्टीलरीको ७ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइसिएफसी फाइनान्सको ६ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा बैंकको ५ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कामना सेवाको ४ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै चन्द्रागिरी हिल्सका लगानीकर्ताले कमाएका छन्। कम्पनीका लगानीकर्ताले ६ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । हिमालयन उर्जाका लगानीकर्ताले ५ दशमलव ०६ प्रतिशतका दरले कमाएका छन् । घलेम्दी हाइड्रोका लगानीकर्ताले ४ दशमलव ८६ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी आज सबैभन्दा सिटिजन्स म्युचुअल फण्डका लगानीकर्ताले गुमाएका छन् । म्युचुअल फण्डका लगानीकर्ताले ५ दशमलव ६६ प्रतिशतका दरले गुमाएका छन् । बोटलर्स नेपाल तराईका लगानीकर्ताले ३ दशमलव ९५ प्रतिशतका दरले गुमाएका छन् ।