IME Life New

चाडपर्वमा विलासी खर्च कटौति गरी बीमा योजना खरिद गर्दा हुनेछ भविष्य सुनिश्चत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालीहरुको महान चाड पर्वहरु दशैँ, तिहार तथा छठ नजिकदै छन् । यी विभिन्न चार्ड पर्वहरु लाई नेपालीहरुले हर्षो उल्लासका साथ मनाउने गर्दछन् । मिठा मिठा परिकारहरु, आफन्तजन सँगको भेटघाटका साथमा यी पर्वहरु मनाउने गरिन्छ । विशेषत यी चार्डवार्डहरु बालबालिकाका लागि बढी महत्वपूर्ण हुनेगर्छ ।

दशै तिहार तथा चार्डमा आफन्तहरुले विभिन्न खालका सामान, कपडा तथा जिन्सी सामानहरु उपहार दिने गर्दछन् तर, त्यो सामानहरुको सट्टामा बीमा पोलसी उपहार दिने हो भने आज क्षणिकको लागि मात्र नभई जीवनभरलाई खुशी मिल्ने गर्दछ ।

Esewa
Crest

बीमा भनेको सुरक्षा हो । केटाकेटीको लागि गरिने बीमाले भोलि उनीहरुको उच्च अध्ययन र विवाहको लागी उपयोगी हुन सक्छ । छोरीछोरीलाई उच्च शिक्षा अध्ययन गर्ने बेला तपाईले कर्जा लिनुपर्ने छैन न त विवाह गर्दा तपाईले कर्जा लिनुपर्नेछ । भविष्यमा भैपरि आउने जोखिम लाई बीमकमा हस्तान्तरण गर्नु नै बीमा हो । पछिल्लो समय बीमाको महत्व दिनानुदिन बढ्दै छ । हाम्रो जीवनको एक अतिआवश्यक पक्ष नै भइसकेको छ बीमा मानविय जीवनमा जोखिम कत्ति बेला आउने हो पत्तै हुँदन् । जोखिम अनिश्चित रुपमा हुने गर्दछ । बीमा बचतको एक पाटो पनि हो ।

त्यसकारण दशैँमा जम्मा भएको दक्षिणा वा पैसालाई हामिले यत्तिकै सकाउछौँ । खाएर, सामान किनेर सबै पैसा सक्ने परम्परा रहेको छ । दक्षिणाबाट आएको पैसा फजँुल खर्च गरेर सक्नु भन्दा र दशैमा विलासी खर्च र देखावटी धन्दालाई कम गरी जीवन बीमा गर्ने हो भने भविषयमा आउन सक्ने जोखिमको भारलाई कम गर्न सकिन्छ । त्यस्तै, आफ्न्तबाट दशैँमा दक्षिणा वापत पाएको पैसा र केही रकम थप गरेर बीमा गर्ने हो भने भविष्यमा भैपरि आउने जोखिम लाई सामना गर्न सजिलो हुन्छ ।त्यसकारण यी सबै खर्चमा कटौती गरेर भोलिको भविष्यका लागि केही जोहो गर्नु नै उत्तम हुनेछ ।

विभिन्न बीमा कम्पनीहरुमा विभिन्न प्रकारका बीमा पोलिसिहरु रहेका छन् । आफ्नो आम्दानी र मलाई यो चाहिँ बीमा पोलिसी ठिक हुन्छ भन्ने सोच बनाएर बीमा पोलिसी खरिद गर्न सकिन्छ । दशैँमा दक्षिणा वापत पाएको पैसाले त नपुग्ला तर पनि यो रकमले बीमा गर्नमा भने एकदमै ठुलो राहत दिने गर्दछ ।

त्यसकारण दशै तिहार जस्ता चार्डवार्डमा गर्ने ठुलो र विलासी खर्चलाई केही हदसम्म कम गरी बीमा गर्ने गरौ बीमा एक किसिमको बचत पनि भएकाले तपाईको भविष्यमा आई पर्न सक्ने ठुला जोखिमको भारलाई कम गर्न भने पक्कै सहयोग गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS