काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको २०औं वार्षिक साधारण सभा सम्पन्न भएउको छ । सभा हिजो शनिवार चितवनमा सम्पन्न भएको हो ।
सभाले २१ दशमलव शून्य ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमा २० प्रतिशत बोनश शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल २१ दशमलव शून्य ३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
सभाले शेयर संरचना र कर्मचारी पद समायोजनको विषयमा नाडेप लघुवित्तसँग असहमति भएकाले मर्जर प्रक्रिया अघि नबढेको र मर्जर गर्न नसकिने भएकोले उक्त विषय राष्ट्र बैंकलाई जानकारी दिने प्रस्ताव पारत गरेको छ ।
सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालकमा रीता पौडेल,रमेश कुमार रघुवंशी र बासुप्रसाद उपाध्याय निर्विरोध निर्वाचन गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यस्तै, अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसेका सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गरेको छ भने आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ ।