काठमाडौं । मेगा बैंकले कर्पोरेट भवन निर्माणका लागि जग्गा खरिद गर्ने भएको छ । बैंकले काठमाडौं महानगरपालिकाको वडा नम्बर ५ मा आफ्नै कर्पोरेट भवन निर्माण गर्ने निर्णय गरेको छ । उक्त भवन निर्माणका लागि एक अर्ब १६ करोड एक लाख एक हजार रुपैयाँ पर्ने जग्गा खरिद गर्ने भएको हो ।
आज विहान ९ बजेदेखि अपरान्ह १ बजेसम्म बसेको सञ्चालक समितिको बैठकले बैंकको नाममा जग्गा गरिद गर्ने निर्णय गरेको हो । बैंकको कर्पोरेट कार्यालय राईजिङ मल कमलादीमा रहेको छ ।