काठमाडौं । म्याग्दी हाइड्रोपावरको वार्षिक साधारण सभा कात्तिक १५ गते हुने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे शुरु हुने जनाएको छ । कम्पनीको भदौ २६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभामा सञ्चालक समिति गठन गर्ने, थप कर्जा लिने, स्वीकृत नियमावलीको नियम २७ र २९ संशोधन गर्ने, एक जना महिला सहित ६ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पारित हुनेछ ।
साथै सभामा आथिृक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने एजेण्डा रहेको छ ।