काठमाडौं । गुरासँ लाइफका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईको राजिनामालाई कम्पनीको सञ्चालक समितिले स्वीकृत गरेको छ । सञ्चालक समितिले आफुलाई थाहै नदिइ डिसिइओमा स्मृति राज कंडेललाई नियुक्त गरेपछि असन्तुष्टी जनाउदै राजिनामा दिएका थिए । भट्टराईले आफ्नो कार्यकाल दुई महिना बाँकी छदै असोज १९ गते राजिनामा दिएका हुन् ।
उनले दिएको राजिनामालाई असोज २१ गते बसेको संचालक समितिको १७५ औ बैठकले कात्तिक एक गतेदेखि लागु हुने गरी राजिनामा स्वीकृत गरेको हो । उनको कार्यकाल मंसिरमा सकिदै थियो ।
यो पनि पढ्नुहोस
कार्यकाल बाँकी छदै गुराँस लाइफका भट्टराईले दिए राजिनामा, डिसिइओमा एलआईसीका स्मृति भित्रिए