Connect IPS
IME Life

कार्यकाल बाँकी छदै गुराँस लाइफका भट्टराईले दिए राजिनामा, डिसिइओमा एलआईसीका स्मृति भित्रिए

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । दुई महिना कार्यकाल बाँकी हुँदै गुराँस लाइफका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले राजिनामा दिएका छन् । कम्पनीले आफुलाई थाहै नदिइ डिसिइओ नियुक्ति गरेको भन्दै उनले कार्यकाल बाँकी छदै राजिनामा दिएका हुन् ।

कम्पनी सञ्चालकले एलआईसी नेपालका बाग्मति प्रदेश प्रमुख स्मृति राज कंडेललाई डिसिइओमा नियुक्त गरेको छ । कंडेलको नियुक्ति प्रकृयाँलाई लिएर भट्टराईले आपत्ती जनाउदै राजिनामा दिएका हुन् ।

Prabhu
Crest

गुराँस लाइफले २०७४ मंसिरमा भट्टराईलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । एलआईसी नेपालबाट बीमा क्षेत्रमा करिअर सुरु गरेका भट्टराईले एलआईसीमा मात्रै ९ वर्ष काम गरे । २०६८ सालमा एलआईसीबाट गुराँस लाइफमा सहायक महाप्रवन्धकमा भित्रिएका थिए । सहायक महाप्रवन्धक, नायव महाप्रवन्धक हुँदै प्रमुख कार्यकारी अधिकृत भएका भट्टराई अन्तत बाहिरिएका छन् ।

यस पटक पनि गुराँसले एलआईसीकै कर्मचारीलाई भित्र्याएको छ । दाङका कंडेल सन् २००३ देखि एलआईसी नेपालमा आवद्ध थिए । एलआईसीमा १८ वर्ष विताएका कंडेल मार्केटिङमा पोख्त छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS