IME Life New

नविल इन्भेष्टमेन्ट बैंकिङको आजिवन डिम्याट खातामा दशैं अफर, यस्तो छ सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नविल इन्भेष्टमेन्ट बैंकिङले आजीवन डिम्याट खातामा दशै अफर ल्याएको छ । अधिकांश क्यापिटललको डिम्याट खाता नविकरणका लागि सम्बन्धीत कम्पनीमै जानुपर्ने हुन्छ । तर नविल इन्भेष्टमेन्ट बैंकिङले आफ्ना कायम हितग्राही खातावालाहरु तथा नयाँ खाता खोल्न चाहने खातावालाई यस्तो झन्झटबाट मुक्त गराउने उद्देश्यले नेपाल मै पहिलो पटक आजिवन डिम्याट खाताको योजना ल्याई अनलाइन बाट नै खाता स्वत नविकरणको सुविधा ल्याएको छ ।  उक्त योजना पौष २६ गतेबाट नै ल्याएको हो ।

यस योजनामा भाग लिई नयाँ डिम्याट खाता खोल्न चाहने व्यक्ति तथा संस्थाहरुले डिम्याट खाता खोल्दाको बखत एकै पटक ३ हजार रुपैयाँ भुक्तानी गरी आजिवन नबिकरण गर्ने झन्झटबाट मुक्त हुन सक्नेछन् ।

Esewa
Crest

बिजया दशमी २०७८ को शुभकामना सहित नवरात्रीको ९ दिन अर्थात् भोलि असोज २१ गतेदेखि २९ गतेसम्म यस खाता खोल्न चाहने लगानीकर्ताहरुको लागि कम्पनीले ९ सय छुट सहित जम्मा २१ सयमा जिवनभर नबिकरणको झन्झटबाट मुक्त हुने आजिवन डिम्याट खाता तथा मेरो शेयर खाता खोल्न पाउने व्यवस्था गरेको नविल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ ।

यस्तो सुबिधा विद्यमान खातावालाहरुले पनि आफुले भुक्तानी गर्नुपर्ने नबिकरण वापतको बाँकी रकम भुक्तानी गरी प्राप्त गर्न सक्नेछन् । साथै,आजिवन डिम्याट खाता तथा मेरो शेयर खाता खोल्नको लागि नबिल इन्भेष्टको https://onlinedemat.nabilinvest.com.np/मा गई खोल्न सकिने छ भने नबिकरण वापतको भुक्तानी गर्न बाँकी रकम पनि https://onlinedemat.nabilinvest.com.np/Payment/DematRenew मा गई अनलाइनबाट नै भुक्तानी गर्न सकिनेछ ।

यस सुविधाबाट डिम्याट खाता खोली विदेशमा रहनु भएका डिम्याट खातावालाहरु तथा विभिन्न कारणले आफ्नो डिम्याट खाता नबिकरण गर्न असमर्थ भएका लगानीकर्ताहरुले एकै पटक एक मुष्ट रकम जम्मा गरी जीवन भरको लागि खाता नबिकरणको झन्झटबाट मुक्त भै फाईदा लिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS