IME Life New

नयाँ जीवन बीमा कम्पनीको लाभांश घोषणा सुरु, रिलायन्स लाइफले ५.२६३२ प्रतिशत नगद लाभांश दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नयाँ जीवन बीमा कम्पनीहरुको लाभांश घोषणा सुरु भएको छ । गत वर्ष मात्रै सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गरेको रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ५ प्रतिशत नगद लाभांश र नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत सहित जम्मा ५.२६३२ प्रतिशत नगद लाभांश दिने भएको हो ।

असोज १८ गते सोमबार अपरान्ह ४ बजे बसेको संचालक समितिको ९३ औ बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट उक्त लाभांश दिने निर्णय गरेको हो । कम्पनीको हालको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । प्रस्ताविक लाभांश बीमा समितिबाट स्वीकृत भए पनि आगामी वार्षिक साधारणसभामा पेश गरिनेछ । साधारणसभाले उक्त लाभांश पारित भए पछि मात्रै शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् ।

Esewa
Crest

बीमा समितिले चार वर्ष अगाडी १० जीवन बीमा कम्पनीहरुलाई जीवन बीमा व्यवसाय सञ्चालनको अनुमति दिएको थियो । यस अवधिमा अनुमति पाउने नयाँ जीवन बीमा कम्पनीहरु मध्ये पहिलो पटक कम्पनीले लाभांश घोषणा गरेको हो । रिलायन्स लाइफ सँगै अन्य कम्पनीहरुले पनि लाभांश घोषणा गर्ने तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS