IME Life New

धौलागिरिका तीन शाखामा नेपाल लाइफको अभिकर्ता उत्प्रेरणा तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बाग्लुङ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्तालाई ३ दिने मोटिभेसनल तालिम तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । धौलागिरीको बाग्लुङ, कुश्मा र बेनि शाखामा कम्पनिका क्षेत्रीय प्रबन्धक तथा सहायक महाप्रबन्धक कृष्ण प्रसाद लम्सालको प्रमुख प्रशिक्षणमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा क्षेत्रीय प्रबन्धक कृष्ण प्रसाद लम्सालले जिवनबिमामा अभिकर्ताको उल्लेखनिय सहयोग गरेकाले  बिमा क्षेत्रको बिकास सम्भव भएको बताए । लम्सालले जीवन बिमा परिवारको बुढेसकालको सहारा पनि भएकाले परिवारको एक सदस्यको रुपमा लिएर बिमा गर्नु अत्यावश्यक भएको बताए ।
सो अवसरमा पेशागत बिमा अभिकर्ता संघ बाग्लुङका अध्यक्ष तथा सिनियर एजेन्सी म्यानेजर रामशरण पोख्रेललले जीवन बिमा कम्पनी मध्य नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई खोजी खोजी बिमा गर्न आउने बिमितको संख्या बढेकाले कम्पनिको  लोकप्रियता बढेको बताए ।
कम्पनिको बाग्लुङ शाखामा भएको कार्यक्रममा शाखा प्रबन्धक महेन्द्र गुरुङको अध्यक्षता, एजेन्सी म्यानेजर निर्मला केसिको स्वागत र शाखा अनराइटर बिमला कंडेलको संचालन मा कार्यक्रम सम्पन्न भयो । सो अवसरमा पेशागत बिमा अभिकर्ता संघ बाग्लुङ का प्रमुख सल्लाहकार  दिपक सापकोटाले पनि बोलेका थिए ।
यसैगरी कुश्मा उपशाखामा भएको कार्यक्रममा शाखा प्रबन्धक ज्ञानु कुवरको अध्यक्षता, पेशागत बिमा अभिकर्ता संघ कुश्माकी अध्यक्ष सरस्वती गिरिको स्वागत, सुशील पौडेल र चिरञ्जीवी रिजालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
यसैगरी बेनि उपशाखामा भएको कार्यक्रममा त्यहाँका शाखा प्रबन्धक प्रकाश रेग्मिको अध्यक्षता, एजेन्सी म्यानेजर चित्रनाथ शर्माको स्वागत र अनराइटर सन्दिप निउरेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कम्पनिका तीन शाखा बाग्लुङ, कुश्मा र बेनिमा भएको कार्यक्रममा एक सय बीस जना अभिकर्ता सहभागि भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS