IME Life New

अपर तामाकोशीको दुई आर्थिक वर्षको साधारण सभा आज, के-के छन् प्रस्ताव ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले आज असोज १९ गते एकै पटक १२ औ र १३ औ वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीले नेपाल विद्युत प्राधिकरणमा भर्चुअल माध्यमबाट साधारणसभा गर्ने जनाएको छ ।

सभाले सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्ने छ । त्यस्तै लेखापरीक्षकको प्रतिवेदन सहित २०७६ असाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७५/७६ को नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्ने सामान्य प्रस्ताव रहेको छ ।

Crest

आयोजना प्रभावित दोलखा जिल्ला स्थित विभिन्न सामाजिक संस्थाहरु लगायत अन्य संस्थाहरुको सञ्चालक समितिको विभिन्न मितिको निर्णयानुसार आर्थिक वर्ष २०७५/७६ मा आर्थिक सहयोग उपलब्ध गराइएको रकमलाई अनुमोदन गर्ने विशेष प्रस्ताव सभामा लगिने भएको छ । साधारणसभा प्रयोजनका लागि साउन एक गते बुक क्लोज गरिसकेको छ ।

कम्पनीको ११ औ वार्षिक साधारणसभाबाट सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा ४ जनाको निर्वाचन हुन सकेको थिएन । उच्च अदालत पाटनबाट भएको आदेश बमोजिम सञ्चालक समितिमा एक जना महिना शेयरधनी समेत सञ्चालक रहने गरी निर्वाचन गर्नु पर्ने भएकोले सो प्रयोजनको लागि यसै साधारणसभाबाट कम्पनीको नियमावली तथा कम्पनी ऐनमा भएको व्यवस्था अनुरुप संशोधनको लागि प्रस्ताव पेश भएको कम्पनीले जनाएको छ ।

तर कोभिड १९ महामारीको प्रभाव न्यून भई भौतिक रुपमा सभा सम्मेलन गर्ने वातावरण निर्माण भए पश्चात सर्वसाधारण समुहको प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS