Connect IPS
IME Life

इसेवाले ल्यायो आकर्षक अफर, बम्पर उपहारमा स्कुटर जित्न सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । इसेवाले नेपालीहरूको महान चार्ड दशैँ र तिहारलाई लक्षित गर्दै विभिन्न किसिमका अफर तथा योजनाहरु सार्बजनिक गर्दै आएकोे छ । इसेवाले घटस्थापना देखि १० दिनसम्म कुनैपनि बैंकमा निशुल्क रकम ट्रान्स्फर गर्न सकिने योजना ल्याएको छ ।

यस योजना अन्तर्गत बम्पर उपहारमा १ सय स्कुटर योजनामा एक जना भाग्शाली विजेताले स्कुटर जित्न सक्ने छन् । स्कुटर नपाउने व्यक्तिको रकम टपअपद्धारा फिर्ता गरिने ईसेवाले जनाएको छ ।

Prabhu
Crest

त्यस्तै साप्ताहिक रूपमा एक जना भाग्यशाली विजेताले आकर्षक उपहार प्राप्त गर्न सक्ने भएका छन् । इसेवाका अनुसार सेण्ड मनि दशैँ क्याम्पेनमा ५ सय जनाले पाँच सय र सेण्ड मनि तिहार योजनामा पनि ५ सय जनाले नै ५ सय डिजिटल दक्षिणा प्राप्त गर्नेछन् ।

यस्तै फ्ल्यास अफर अन्तरगत मोबाईल रिचार्जमा १० प्रतिशत अथवा ५० रुपैयाँसम्मको क्यासब्याक पाउन सकिने छ । यस योजना ४ अक्टोबर देखि १३ अक्टोबरसम्म लागु हुनेछ । यस्तै एयरलाइन्स योजनामा दैनिक ३ जनाले रिटर्न टिकट प्राप्त गर्नेछन् भने एक जना भाग्यशाली विजेताले स्कुटर जित्न सक्नेछन् । यो योजना २८ सेप्टेम्बर देखि १२ अक्टोबरसम्म लागु हु्ने इसेवाले जनाएको छ ।

मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ५० लाख रहेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS