काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको इनरुवा शाखाले बीमितलाई घातक रोग वापतको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले इनरुवा वार्ड नं. १ निवासी युनिक टेलर्शका संचालक समिम अख्तरलाई घातक रोग बापत ९ लाख ६४ हजार ५ सय ५८ रुपैयाँ हस्तान्तरण गरेको हो । उनले कम्पनीमा १० लाखको बीमा गराएका थिए । उनले ३ किस्ता तिरिसकेपछी अचानक मुटुु सम्वन्धी धातक रोग लागेको कम्पनीले जनाएको छ ।
उक्त रकम वापतको चेक प्रदेश नं. १ का प्रतिपक्षी दलको प्रमुख नेता तथा सुनसरी जिल्ला नेपाली काग्रेश को सभापती राजिव कोइराला, क्षेत्रीय शाखा प्रवन्धक,सुरज काफ्ले सिनियर एजेन्सी मेनेजर कविता अधिकारीले हस्तान्तरण गरेका हुन् ।