IME Life New

शेयर बजार निरन्तर ओरालो झरेपछि इन्भेष्टर फोरमको ५ बुँदे माग, शेयर धितोकर्जा सिमा खारेज गर्नु पर्ने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्भेष्टर फोरमले लामो समयदेखि शेयर बजार निरन्तर रुपमा घटिरहेको भन्दै सम्बन्धित पक्षहरुलाई ध्यानाकर्षण गराएको छ । फोरमले नेपालको पूँजी बजारको इतिहासमा सबै भन्दा बढि पूँजीकृत रकम ८ खर्ब रुपैयाँ भन्दा बढि गुमाइसक्दा पनि सरकार र यसका अन्य निकायहरू मौन रहनाले ४४ लाख भन्दा बढि लगानीकर्ताहरू अझ बढि मर्माहत भएको उल्लेख गरेको छ ।

मुलुकले दशकौको राजनीतिक अन्योललाई पार गर्दै अबका दिनमा मुलुक आर्थिक विकास र समृद्धिको नयाँ गोरेटोमा प्रवेश गर्नेछ भन्ने नयाँ सरकारको उद्घोषले निकै उत्साहित लगानीकर्ताहरूमा अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको शेयर बजार निरन्तर रुपमा घटिरहनु र जिम्मेवार निकायहरू बेखबर जस्तै रहनुले भनाई र गराईमा फरक रहेको स्पष्ट देखिएको फोरमले जनाएको छ ।

Crest

विगतमा जिम्मेवार निकायहरुको अदूरदर्शि नीतिका कारण आज मुलुकले गम्भीर रुपमा लगानी योग्य पूँजी तथा तरलताको अभाव खेपिरहेको छ । सोहि गलत नीतिको कारणले पूँजी बजारमा आपूर्ति बड्न गएको तर आपूर्तिकै कारणले बजार घटबढ नभई जिम्मेवार निकायहरूको पूँजीवजार प्रति हेर्ने दृष्टिकोण र कमजोर प्रविधि, पूर्वाधार तथा लगानीकर्ता मैत्री ऐन कानूनहरू नहुनु नै प्रमुख कारण भएको फोरमको ठम्याई छ ।

बिगतमा लगानीका अन्य क्षेत्रहरु सुशुप्त रहेको अवस्थामा विद्यार्थीदेखि शिक्षक, प्राध्यापकसम्म, निजामती कर्मचारीदेखि सेना तथा प्रहरीसम्म, गृहणीदेखि सेवा निवृत व्यक्तिहरूसम्म, ठुला व्यवसायिक घरानादेखि साना व्यवसायिहरूले आफ्नो बचत तथा ऋण रकमलाई यसै क्षेत्रमा लगानी गरेको कुरा विगत ५ वर्षको तथ्याइबाट प्रष्ट देख्न सकिन्छ । निरन्तर रुपमा घटिरहेको बजारको कारण र सोको निराकरणका विषयमा सम्बन्धित क्षेत्र मौन रहनुले पूँजीबजार मार्फत व्यवसायिक क्षेत्रमा प्रवेश गर्न चाहने लाखौं लगानीकताहरू निरुत्साहित भएका छन् ।

पूँजीबजारको विकास र विस्तारको लागि विगतमा उठाईएका देहायका मागहरू यथासमयमा सम्बोधन नहुनु हाल पूँजीबजार निरन्तर घट्नुको अर्को कारण भएको फोरमले जनाएको छ । देशलाई समृद्ध बनाउन र शेयर बजारप्रति जनताको आकर्षण बढाउनको निम्ति तथा लगानी सुरक्षाको आभाष दिलाई शेयर बजारको विश्वसनीयता बढाउनको निम्ति देहायका मागहरु यथाशीघ्र सम्बोधन गर्न फोरमले माग गरेको छ ।

१. नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०७८ र एकीकृत निर्देशिकाले शेयर धितो कर्जालाई कुनै एउटा बैंकबाट ४ करोड र ३ वटा बैंकबाट १२ करोडको सिमा तोकेर लगानी गर्ने वातावरणमा निरुत्साहित गरेको कारण उक्त नियम तुरुन्त खारेज गरियोस् ।

२. नयाँ ब्रोकर संख्याहरू थप गरी वाणिज्य बैंकको सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिई उक्त बैंकहरूको देशभरिको सबै शाखाहरूबाट कारोबार गर्ने सुविधा विस्तार गरियोस् ।

३. ब्रोकर मार्फत हुने मार्जिन कर्जा यथाशीघ्र उपलब्ध गराईयोस् ।

४. हालको कारोबार हेर्दा ब्रोकर कमिसन अत्यन्त महङ्गो भएको हुनाले समय सापेक्ष अविलम्ब समायोजन गरियोस् ।

५. पूँजीबजारलाई नियमन गर्ने नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज लामो समयदेखि निमित्तको भरमा चलिरहेको हुँदा उक्त नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जमा योग्य व्यक्ति अविलम्ब नियुक्ति गरी यथासक्य चाडो भन्दा चाँडो आम लगानीकर्ताको समस्या समाधान गरियोस् ।

आर्थिक समृद्धि अभियानलाई मुर्तरुप दिन आवश्यक पर्ने स्वदेशी पूँजी निर्माणको निर्विकल्प आधार पूँजीबजार भएको हुनाले पूँजी बजारको विकास र विस्तारको लागि सरोकारवाला पदाधिकारीहरू तथा निकायहरू अझ बढि गम्भीर हुन र हाम्रा मागहरू समयमा नै सम्बोधन गर्न बाहेक अन्य विकल्प नरहेको अवगत गराउन चाहन्छौं । यस्तो विषम परिस्थितिमा लगानीकर्ता साथीहरू संयम र धैर्यता, सुझबुझका साथ लगानी गर्नु हुन विनम्र अनुरोध गर्दछौ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS