काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको १२औं वार्षिक साधारण सभा कात्तिक १२ गते हुने भएको छ । कम्पनीको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने कम्पनीले जानकारी दिएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय रविभवन, काठमाडौंमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरी पारित गरिनेछ । यसैगरी, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन र वार्षिक वित्तीय विवरण (२०७७ साल श्रावण १ गतेदेखि २०७८ साल आषाढ मसान्त सम्मको नाफारनोक्सान हिसाब, वासलात, सोही अवधिको नगद प्रवाह विवरण) स्वीकृत गर्ने प्रस्ताव पारित गरिनेछ ।
त्सैगरी सभामा २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने एजेण्डा रहेको छ ।