IME Life New

रू रू जलविद्युतको संयुक्त वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । रू रू जलविद्युत परियोजनाले विगत दुई आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सम्पन्न गरेको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, हात्तिसार, काठमाडौंमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

सभाले दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरुसँगै प्रस्तावित लाभांशसमेत पारित गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७६/ ७७ का लागि १० दशमलव ५३ प्रतिशत नगद लाभांश र आर्थिक वर्ष ०७७/७८ को लागि १० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभाबाट पारित गरेको छ ।

Crest

त्यस्तै, सभाले सर्वसाधारण तर्फबाट एक जना र संस्थापक तर्फबाट पाँच जना सञ्चालकहरुको निर्वाचन गर्नेछ भने एक जना स्वतन्त्र सञ्चालनकको नियुक्तिलाई समेत सभाले अनुमोदन गरेको छ ।

सभामा बोनश शेयर जारीपछि जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, सभाले वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणहरु छलफल गरी पारित गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS