काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले घोषणा गरेको लाभांश बीमा समितिबाट स्वीकृत भएको छ । कम्पनीले चुक्ता पूँजीको १६.५० प्रतिशत बोनश शेयर र २.५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । समितिले आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवदेन पनि स्वीकृत गरेको छ । लेखापरीक्षण प्रतिवदेन स्वीकृत भए सँगै साधारणसभा गर्ने बाटो खुला भएको हो। कम्पनीले केहि दिन भित्रै साधारणसभाको मिति तथा एजेण्डाहरु सार्वजनिक गर्नेछ ।
समितिले कम्पनीको वित्तीय विवरणमा केहि कैफियत भेटाए पछि लेखापरीक्षण प्रतिवदेन स्वीकृत हुन समय लागेको हो । यसै क्रममा कम्पनीले एक प्रतिशत नगद लाभांश पनि घटाउनु परेको थियो । नगद लाभांश घटाउनु परे पनि बोनश शेयरलाई भने यथावत राखिएको छ ।
कम्पनीले यस साधारणसभामा पूँजी बृद्धिको योजना ल्याउने चर्चा पनि चलिरहेको छ । तर अहलेसम्म यस विषयमा कुनै पनि ठोस निर्णय बाहिरिएको छैन । नेपाल पुनर्बीमामा सरकारको ठुलो हिस्सा रहेको हुँदा सरकारले पूँजी बढाउन मानिरहेको छैन ।
नेपाल पुनर्बीमाको २० प्रतिशत लाभांस घोषणा, हकप्रदको प्रस्ताव साधारणसभाको सूचनामा
बीमा समितिले नेपाल सरकारलाई कोरोना बीमाको दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमाको शेयर बिक्री गर्न सुझाव दिदै आएको छ । यदि समितिले दिएको सुझाव अनुसार नेपाल सरकारले नेपाल पुनर्बीमाको शेयर बिक्री गर्यो भने कम्पनीले पूँजी बढाउने सम्भावना उच्च रहन्छ ।