IME Life

नेपाल पुनर्बीमा कम्पनीको लाभांश परिमार्जन

SPIL
NIC ASIA

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले घोषणा गरेको लाभांश परिमार्जन गरेको छ।   मंगलबार बसेको सञ्चालक समितिको बैठकले  बीमा समितिको निर्देशन अनुसार लाभांश परिमार्जन गरेको हो।  पहिला  २० प्रतिशत लाभांश  घोषणा गरेको थियो  । जसमा  हाल कायम चुक्ता पूँजीको १६.५ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश  प्रदान गर्ने प्रस्ताव गरेको थियो । परिमार्जन लाभांश अनुसार  चुक्ता पूँजीको १६.५ प्रतिशत बोनस शेयर र २ .५ प्रतिशत नगद लाभांश  प्रदान गर्ने निर्णय कम्पनीले गरेको छ।

हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले भारत लगायत अन्य देशमा शाखा सञ्जाल विस्तार गर्नका लागि थप पूँजी आवश्यक परेको जनाउदै आएको छ । अर्को तर्फ कम्पनीलाई थप व्यवसाय विस्तार गर्न र नयाँ आएको पुनर्बीमा कम्पनीसँग प्रतिस्पर्धी हुनका लागि थप पूँजीको माग गर्दै आएको छ ।

Prabhu
Crest

कम्पनीले थप पूँजीको लागि माग गर्दै आए पनि प्रमुख शेयरधनी नेपाल सरकारले आफ्नो तर्फको दायित्व बहनका लागि आनाकानी गर्दै आएको छ । यदि सरकारले आफ्नो दायित्व अन्तर्गतको हकप्रद शेयर खरिद गर्न नचाहेमा अन्य कुनै संस्था वा व्यक्तिलाई भित्र्याउने प्रस्ताव गर्दै आएको छ तर सरकारले यस विषयमा कुनै पनि निर्णय गरेको छैन ।

बीमा समितिले पुनर्बीमा व्यवसाय गर्ने कम्पनीहरु विचमा प्रतिस्पर्धा गराउनका लागि गत जेठमा हिमालयन रिलाई अनुमति दिएको छ । बजारमा अर्को प्रतिस्पर्धी आइसकेको हुनाले पनि कम्पनीले व्यवसाय विस्तारका लागि थप पूँजीको लागि माग गर्दै आएको छ । यदि वास्तविक रुपमा पुनर्बीमा व्यवसाय गर्ने हो भने यो पूँजी पर्याप्त नभएको भन्दै विज्ञहरुले बताउदै आएका छन् । कम्पनीले बोनस शेयर दिनुका साथै हकप्रद शेयर निष्काशन गर्ने हल्लाले दोस्रो बजारमा कम्पनीको शेयर मूल्यमा उछाल आएको थियो । यहि क्रममा कम्पनीको शेयर मूल्य २ हजार रुपैयाँ नाघेको थियो ।

नेपाल पुनर्बीमाको २० प्रतिशत लाभांस घोषणा, हकप्रदको प्रस्ताव साधारणसभाको सूचनामा

nric dividend

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS