IME Life

नेपाल पुनर्बीमाको २० प्रतिशत लाभांस घोषणा, हकप्रदको प्रस्ताव साधारणसभाको सूचनामा

SPIL
NIC ASIA

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत लाभांस घोषणा गरेको छ । सञ्चालक समितिले हाल कायम चुक्ता पूँजीको १६.५ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांस प्रदान गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले पहिलो पटक लाभांस घोषणा गरेको हो । अहिलेसम्मको सञ्चित मुनाफाबाट उक्त लाभांस प्रस्ताव गरिएको कम्पनीले जनाएको छ । कम्पनीले पुनर्बीमा व्यवसाय थप विस्तार गर्न थप पूँजीको लागि सरकार सँग प्रस्ताव माग्दै आएको छ ।

Prabhu
Crest

पूँजी बढाउनका लागि अर्थमन्त्रालय र बीमा समितिको स्वीकृति लिनु पर्छ । कम्पनीमा नेपाल सरकारको स्वामित्व सबैभन्दा धेरै भएकाले सरकारको सहमति लिनु पर्नेछ ।  सरकार र बीमा समितिको स्वीकृति पछि साधारणसभा आह्वान गर्दा हकप्रदको प्रस्ताव जारी हुने कम्पनीले जनाएको छ । कम्पनीले अर्थमन्त्रालय सँग १०० प्रतिशत हकप्रद शेयर निष्काशनको माग राखेको छ । तर सरकारले अन्तिम स्वीकृति दिए पछि मात्रै एकिन हुने कम्पनीले जनाकारी दिएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले भारत लगायत अन्य देशमा शाखा सञ्जाल विस्तार गर्नका लागि थप पूँजी आवश्यक परेको जनाउदै आएको छ । अर्को तर्फ कम्पनीलाई थप व्यवसाय विस्तार गर्न र नयाँ आएको पुनर्बीमा कम्पनी सँग प्रतिस्पर्धी हुनका लागि थप पूँजीको माग गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS