IME Life New

शेयरधितो कर्जाको सिमा र सिडी रेसियो प्रकरण फिर्ता लिन शेयर लगानीकर्ता संघ नेपालको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर लगानीकर्ता संघ नेपालले शेयर बजारमा नेपाल राष्ट्र बैंकको पछिल्लो मौद्रिक नीतिले पारेको नकारात्मक प्रभावले शेयर बजार सँग सम्बन्धित ४० प्रतिशत जनसंख्या प्रभावित भएको भन्दै सरोकारवला पक्षहरुलाई ध्यानकर्षण गराएको छ ।

शेयर बजारले देशको राजश्वमा महत्वपूर्ण योगदान पुर्याउदै आएको र यस क्षेत्रमा करिव ४५ लाख नेपालीहरु प्रत्यक्ष रुपमा संलग्न रहेको भन्दै संघले सम्बन्धित पक्षहरुलाई गम्भिर हुन अनुरोध गरेको छ । मौद्रिक नितिमा गरिएको पुँजी बजार सम्वन्धि परिवर्तन मध्ये ४ करोड र १२ करोड प्रकरणले साथै सिडि रेसियो को व्यवस्थाले बजारमा नकारात्मक प्रभाव पार्ने र त्यसलाई तुरुन्त सच्याउनको लागि यस संघले अर्थमन्त्रीको ध्यानाकर्षण गराउदै संघको पहलमा उनलाई ज्ञापनपत्र बुझाइएको थियो ।

Esewa
Crest

मन्त्री शर्माले ४ करोड र १२ करोडको सिमा २ वर्ष भित्र समायोजन गर्ने व्यवस्था मिलाउने र सिडि रेसियो अन्य सरोकारवाला पक्ष संगको सर–सल्लाहमा पुनरावलोकन गर्न सकिने र वजारमा नकारात्मक प्रभाव परेमा तत्काल त्यस बुदाँलाई सच्याउन आफु तयार भएको भन्दै लगानीकर्ताहरुलाई आस्वस्थ पारेका थिए । संघले अर्थमन्त्रीको उक्त प्रतिवद्धतालाई स्मरण गराएको छ ।

शेयर बजारलाई आफ्नै गतिमा चल्न दिनु पर्छ । माग र आपुर्ती, कम्पनीको वासलातको आधार, कम्पनीको भविष्यको व्यापारीक योजना र देशको आर्थिक अवस्थाको आधारमा शेयर बजार चल्नुपर्छ र यस क्षेत्रलाई स्वतन्त्र छाड्न पर्छ भन्ने सर्वमान्य सिद्धान्तलाई शेयर लागानीकर्ता संघ नेपालले आफ्नो सर्वोपरि सिद्धान्तको रुपमा अंगीकार गर्दै आएको तर छोटो छोटो समयमा नियामक निकायहरुको अदुरदर्शी निर्णयको सिकार हुदै आएको उल्लेख गरेको छ ।

साना लागनीकर्ताको संरक्षण गर्ने नाममा पछिल्ला दिनहरुमा नियामक निकायहरुद्धारा चालिएका कदमहरुले कस्को प्रक्ष्यपोषण गर्न खोजिएको हो ?  संघले प्रश्न गर्दै एचबइडिसिएलको संस्थापक शेयरको बोलकवोल १ करोड कित्ता भन्दा कममा भाग लिन नपाउनु, १० कित्ता दामासाहीले पाई रहको प्राथमिक शेयरको प्रावधान हटाउने प्रयास गर्नु, बुक विल्डिङ्ग पद्दतीद्धारा घटीमा ५० कित्ताको प्राबधान राखिनु, पूँजी बजारको दायरालाई फराकीलो पारि देशको भुपरिवेष्ठिट क्षेत्रमा पुर्याउने प्रयास नगर्नु जस्ता कारणहरु साना लगानीकर्ताको हितमा नभएको आरोप लगाएको छ ।

छिमेकी मुलुकमा शेयर बजारलाई मापन गर्ने सूचकांक ६०,००० (साठी हजार) पुग्दा नियामक निकायहरु र लगानीकर्ताहरु एक आपसमा खुसी साटासाट गर्दै गर्दा नेपालमा ३,००० (तीन हजार) इन्डेक्स पुग्दा नियामक निकायहरुलाई टाउको दुखेर सिटामोल खोज्दै हिड्ने प्रबृतीले नेपालको पुँजीबजारको विकास होला त भन्दै संघले प्रश्न गरेको छ ।

संघले यस्तै अन्य प्रश्नहरु अगाडी सारेको छ । कुनै पनि संस्थाले नियमानुसार साधारण सभाबाट अनुमोदन गराएर आफ्नो व्यापार बृद्धिको लागि पुँजी बृद्धिको योजना ल्याएर हकप्रद शेयर जारी गर्दा देशको कुन पक्षलाई नोक्सान हुन्छ ? नेपाल राष्ट्र बैक र विमा समितिले स्पष्ट कारण दिएर लगानीकर्ताहरुलाई सु–सुचित गराउने बेला भएन र ? शेयर बजार बढ्छ भनेर कोलाहल गर्ने निकायले किन नेपाल स्टक एक्सचेन्जमा विदेशी मुद्रा जस्तै दैनिक भाउ तोकेर कारोवार गर्ने व्यवस्था मिलाउन सक्दैन ?

यो आम लगानीकर्ताहरुको प्रश्न हो र त्यसको उत्तर सम्वन्धित निकायले दिनै पर्ने संघले जनाएको छ । नेपालका केही आर्थिक क्षेत्रमा समाचार लेख्ने मिडीयाहरुले कस्को स्वार्थ पुरा गर्न चाहन्छन् । फरक शैलीमा समाचारलाई प्रस्तुत गर्ने प्रबृति, शेयर विश्लेषक विश्लेषकका नाममा च्याउ उम्रिएझै उम्रिएका विश्लेषकहरु, फेसबुके सल्लाहाकारहरुको जगजगि यि र यस्ता कारणले हिजोआज शेयर बजार अस्थीर भएको कुरालाई नकार्न सकिन्न ।

यी तमाम कारणहरुले बजारमा अनावश्यक उतार चढाव भइरहेको संघको निष्कर्ष रहेको छ । विगतका गल्तिहरु नियामक निकायहरुबाट दोहोरि रहेमा नेपालको पुँजी बजारले नराम्रो क्षति व्यहोर्नु पर्ने भन्दै संघले सम्पूर्ण जिम्मेवारी सरकारको काँधमा आउने हुँदा नेपाल सरकार अर्थमन्त्रालयलाई अत्यन्त जिम्मेवार हुन र आम लगानीकर्ताहरुलाई हतोत्साहित नहुन उच्च आत्मबलका साथ आफ्नो अमुल्य शेयर खरिद विक्रीको निर्णय गर्दा अत्यन्त सोंच विचार पुर्याउन संघले अनुरोध गरेको छ । संघले शेयर धितो कर्जाको सिमा र सिडि रेसियो प्रकरण फिर्ता लिन सम्वन्धित निकायहरुलाई जोडदार रुपमा माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS