IME Life New

सिबिआईएल क्यापिटलको साधारण सभा कात्तिक ५ गते, २५% लाभांश पारित गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिबिआईएल क्यापिटलको १५औं वार्षिक साधारण सभा कात्तिक ५ गते हुने भएको छ । कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभा क्यापिटलको रजिष्टर्ड कार्यालय डिल्लीबजार, काठमाडौंमा दिनको ११ बजे शुरु गर्ने क्यापिटलले जनाएको छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको २५ प्रतिशत (कर सहित) का दरले हुन आउने ५ करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

त्यसैगरी सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव लगायतका प्रस्ताव पारित गर्नेछ ।

क्यापिटलले साधारण सभा र लाभांश प्रयोजनका लागि असोज २० गते (एक दिन) बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण असोज १९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS