IME Life New

सिडी रेसियो ८८ प्रतिशत नाघ्यो, नयाँ कर्जा लगानी गर्नै नसक्ने अवस्थामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । बैंक तथा वित्तीय संस्थाहरुको कर्जा–निक्षेप अनुपात ‘सिडी रेसियो’ ८८.२५ प्रतिशतमा पुगेको छ । शुक्रबारबाट आइतबार आइपुग्दा एक दिनको अन्तरालमा यो अनुपात १.०९ प्रतिशतले वृद्धि भएर ८८ प्रतिशत नाघेको हो ।

शुक्रबार कर्जा निक्षेप अनुपात ८७.१६ प्रतिशत थियो । कर्जा प्रवाहको तुलनामा निक्षेप संकलनमा अपेक्षित वृद्धि हुन नसक्दा अनुपात ९० प्रतिशत नजिक पुग्न थालेको हो । यस्तो अनुपातले बैंकहरुले कूल निक्षेपको कति प्रतिशत रकमलाई कर्जा लगानी गरेका छन् भन्ने संकेत गर्छ । उदाहरणको लागी कुनै बैंकले १ लाख निक्षेप संकलन गरेको छ र ८० हजार कर्जा प्रवाह गरेको छ भने त्यो बैंकको कर्जा–निक्षेप अनुपात ८० प्रतिशत हुनजान्छ ।

Esewa
Crest

ऋण लगानीको लागी नगद अभावबाट गुज्रिरहेका बैंक तथा वित्तीय संस्थाले एक दिनको अवधिमा ३ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा ७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकले प्रकाशन गरेको तथ्यांक अनुसार आइतबार साताको पहिलो दिन शुक्रबारको तुलनामा यो रकम निक्षेप संकलन र कर्जा प्रवाहमा वृद्धि भएको हो । सिडी रेसियोका कारणले कर्जा लगानी गर्नै नसक्ने अवस्थामा पनि ओभर ड्राफ्टका कारण नयाँ कर्जा गएको देखिन्छ । पुरानो ओडी बाहेक बैंकहरुले नयाँ कर्जा लगानी गर्न छाडेका छन् ।

निक्षेप वृद्धिको लागी बैंकहरुले असोज महिनादेखि मुद्दती निक्षेपको ब्याजदर दोहोरो अंकमा पुर्याएका छन् । राष्ट्र बैंकले समेत बैंकहरुलाई तरलता कायम राख्न सघाउनको लागी अल्पकालीन ऋण उपलब्ध गराई रहेको छ ।

राष्ट्र बैंकले चालू आवको असार मसान्तसम्ममा यस्तो अनुपात ९० प्रतिशत भित्र कायम राख्नुपर्ने व्यवस्था मौद्रिक नीतिमै गरेको छ । अर्थात् बैंक तथा वित्तीय संस्थाले कूल संकलित निक्षेपको १० प्रतिशत रकम कतै पनि लगानी नगरी तरलताको लागी आफूसँगै राख्नुपर्नेछ । यसअघि राष्ट्र बैंकले पूँजीको रकम समेत लगानी योग्य रकमको रुपमा गणना गर्न पाउने सुविधा दिएको थियो । तर हालै चालू आर्थिक वर्ष २०७८।७९ को मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले संकलित निक्षेपको ९० प्रतिशतको सीमाभित्र रहेर लगानी गर्नुपर्ने प्रावधान लागू भएपछि विशेषगरी वाणिज्य बैंकहरु तरलता अभावको कारण सकसमा छन् ।

बैंकिङ प्रणालीमा साउन भदौ र असोज महिनामा खासै कर्जा गएको पाइदैन । तर यस पटक साउन भदौ र असोज महिनामा धेरै नै कर्जा गयो । गत वर्षको दशै तिहार लगायतका चाडपर्व कोभिड १९ कारण प्रभावित भयो ।

तर यस वर्षको चाडवाडलाई लक्षित गर्दै व्यापारीले विदेशबाट सामान आयातका लागि बैंकहरुबाट ठुलो रकम ऋण लिए । जसले गर्दा साउन भदौ र असोज महिनामा मात्रै एक अर्ब ८२ करोड कर्जा गएको देखिन्छ । बैंकहरु असोज महिनामा नयाँ कर्जा प्रवाह गर्न सक्ने अवस्थामा छैनन् तर पुरानो ओडीका कारण नयाँ कर्जा गइरहेको देखिन्छ ।

इम्पोर्टका लागि कर्जा जादै गर्दा अहिलेको अवस्था क्रिटिकल भएको बैंकहरुहरु बताउछन् । तर यस्तो अवस्था दशै पछि पनि हुने या नहुने भन्नेमा भने उनिहरु अन्योलता व्यक्त गर्छन् । बैंकहरुको कर्जा हुने वास्तविक अवस्था आउनै बाँकी छ । यदि अहिले व्यापारिहरुले लिएको कर्जा दशै तिहार पछि चुक्ता गरे भने भोलिका दिनमा तरलता सहज हुनेछ । अर्को तर्फ सरकारले स्थानीय निकायलाई १५० अर्ब रुपैयाँ पठाउदै छ । स्थानीय निकायको पैसा बैंकिङ च्यानलमा आउने भएकाले बजारमा केहि हदसम्म तरलता सहज हुने अनुमान गरिएको छ ।

कूल निक्षेपको ८८ प्रतिशत वाणिज्य बैंकसँग

बैंक तथा वित्तीय संस्थासँग आइतबारसम्ममा कूल ४७ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप रहेको छ । कूल निक्षेपको ८८.४५ प्रतिशत वाणिज्य बैंकहरुको नियन्त्रणमा रहेको छ । संकलित निक्षेपको सुरक्षा जोखिमलाई मध्यनजर गर्दै राष्ट्र बैंक, बीमा समिति लगायतको नियामक निकायले कुनै पनि सार्वजनिक संस्थाले कूल बचत आम्दानीको ठूलो हिस्सा वाणिज्य बैंकमा मात्र निक्षेपको रुपमा जम्मा गर्न पाइने प्रावधानको कारण वाणिज्य बैंकहरुसँग विकास बैंक वा अन्य वित्तीय संस्थाको तुलनामा निक्षेप उच्च हुने गरेको छ । विकास बैंक, वित्तीय संस्था र लघुवित्तसँग कूल निक्षेपको ११.५५ प्रतिशत अर्थात ५ खर्ब ४६ रुपैयाँ निक्षेप रहेको छ ।

वाणिज्य बैंकहरुले कूल कर्जा प्रवाहमा ८९ प्रतिशत हिस्सा ओगटेका छन् । विशाल चुक्ता पूँजी र पर्याप्त निक्षेप संकलनको कारण लगानी योग्य रकम वाणिज्य बैंकहरुसँग धेरै हुन्छ । वाणिज्य बैंकहरुले ठूला परियोजनामा लगानी गर्ने भएकाले समेत कूल कर्जा प्रवाहमा ठूलो हिस्सा ओगटेका छन् ।

वाणिज्य बैंकले आइतबारसम्ममा कूल ३९ खर्च ९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् भने  विकास बैंक तथा अन्य वित्तीय संस्थाले ४ खर्ब ८० करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS