काठमाडौं । शेयर बजार लगातार ओरालो झर्दा पनि केहि कम्पनीको शेयर मूल्य भने उकालो लागिरहेको छ । मनकामना स्मार्ट लघुवित्त र मैलुख खोला जलविद्युत कम्पनीको शेयरमा आज सकारात्मक सर्किट लाग्यो । लघुवित्त र मैलुख खोला प्राथमिक शेयर निष्काशनर गरेर भर्खरै दोस्रो बजारमा सूचिकृत भएका कम्पनी हुन् ।
तुलनात्मक हिसावले अन्य कम्पनीहरुको भन्दा कम मूल्य रहेकाले पनि उनिहरुको शेयर मूल्यमा आकर्षण देखिएको हो । आज मेगा बैंकको शेयर मूल्यमा पनि उकालो लागेको हो । बैंकले लाभांश घोषणा गर्ने सूचनाले पनि आज दोस्रो बजारमा मूल्य बढेको हुन सक्छ । बैंकको शेयर मूल्य १.९७ प्रतिशतले बढेको छ ।
त्यस्तै बोटलर्स नेपालको पनि शेयर मूल्यमा १४० रुपैयाँले सुधार भएको छ । ओरियण्टल होटलको शेयर मूल्य पनि ६ रुपैयाँले बढेर ५०६ रुपैयाँ कायम भएको छ । विजय लघुवित्त, स्वावलम्बन लघुवित्त, एनआइसी लघुवित्त वित्तीय संस्था, महुली सामुदायिक र गणपति लघुवित्तको शेयर मूल्यमा सुधार देखिएको छ ।