Connect IPS
IME Life

शेयर बजारमा पेनिक सेल, डेढ महिनामा ५८५ अंकले घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । केहि समयदेखि शेयर बजारमा पनिक सेल बढ्न थालेको छ । नाफामा भएका र नोक्सानमा भएका दुबै किसिमका लगानीकर्ताले शेयर बिक्री गर्न थालेका हुन् । दशै अगाडी शेयर बजार सुधार नहुने हल्ला पछि साना ठुला दुबै किसिमका लगानीकरताहरु शेयर बिक्री गरेर बाहिरिएका हुन् । दशै पछि बजार सुधार हुँदा हातमा पैसा नहुने भन्दै उनिहरुले ‘स्टप लस’ को रणनीति लिएका हुन् ।

यसै क्रममा नेप्से सूचक सर्वाधिक उचाइबाट तल झर्न थालेको डेड महिना भयो । यस अवधिमा ५८५ अंकले बजार घटिसकेको छ । मंगलबार पनि नेप्से सूचक ७०.०१ अंकले घटेको हो । बजार घट्ने क्रममा आज २६१६ दशमलब ४० अंकमा रोकिएको छ । कारोबार रकम पनि ५ अर्ब ७४ करोड रुपैयाँमा सिमित भएको छ । यस अवधिमा ठुला लगानीकर्ताहरु नै थोरै थोरै गरेर खरिद गरिरहेका छन् ।

Prabhu
Crest

मंगलबार सम्पुर्ण सूचक तथा उपसूचक घटेका छन् । १७३ वटा कम्पनीको मूल्यमा गिरावट देखिन्छ भने १० वटाको मूल्य बढेको छ । आज ७ वटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । मैलुख खोला र मनकामना लघुवित्तको शेयरमा भने सकारात्मक सर्किट लागेको छ ।

बजारको सुरुवाति अवस्थामा छिरेका लगानीकर्ताहरु पनि नाफा बुक गर्न थालेका हुन् । उनिहरुले आत्तीएर नाफा बुक गर्दा बजार झन तल झरेको हो । अझै पनि केहि लगानीकर्ताहरु मुनाफामै छन् । अर्को तर्फ बजार घट्ने आकलन सहित तीन हजार माथिको सूचकमा बिक्री गर्नेहरु बजार घटाउन लागिपरिरहेका छन् । अहिले ठुला लगानीकर्ता घटाउने र साना लगानीकर्ताहरु आत्तीएर बिक्री गर्ने क्रम चलिरहेको छ ।

ठुला लगानीकर्ताहरु सक्दो बजार घटाउन चाहिरहेका छन् । उनिहरुले दशै अगाडी शेयर बजार नबढ्ने भन्दै हल्ला चलाइरहेका छन् । उनिहरुको हल्लाले शेयर बजारमा राम्रो काम गरेको छ । उनिहरुको हल्लालाई बैंकिङ तरलताले बसैभन्दा धेरै काम गरिरहेको छ । तरलता अभाव भनिरहदा बाणिज्य बैंकहरु कर्जा विस्तार गरिरहेका छन् । यो भन्नुको मतलब अहिलेको तरलता अभाव नीतिगत व्यवस्थाका कारण भएको हो । यस अवधिमा बजार घटाउन केहि समुह लागिपरिरहेको र चलखेल भइरहेको कतिपयको बुझाइ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS