काठमाडौं । रिज लाईन ईनर्जीले सर्वसाधारणलाई प्राथमिक शेयर ‘आइपिओ’ निष्काशनका लागि बिक्री प्रवन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेका छ । कम्पनीले आज मंगलबार प्रभु क्यापिटल सँग सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।
सम्झौता पत्रमा रिज लाईन ईनर्जीका तर्फबाट वसन्त गिरी तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।
कम्पनीले गोरखा जिल्लाको अजिरकोट २ मा अवस्थित चेपे नदीमा ९.०५ मेगावाट क्षमताको सुपर चेपे हाइड्रोपावर आयोजना निर्माण गरीरहेको छ । कम्पनीले अधिकृत तथा जारी पूँजी ६९ करोड ४२ लाख ९० हजार को ३० प्रतिशतले हुन आउने रु. २० करोड ८२ लाख ८७ हजार रकम बराबरको २० लाख ८२ हजार ८ सय ७० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।