काठमाडौं । मकवानपुर कुखुरा व्यवसायी संघ तथा बीमा समितिका टोली विच समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ । उक्त छलफल कार्यक्रममा बर्डफ्लुका कारणले गर्दा समुचित क्षतिपुर्ति उपलब्ध नभएको र यता बीमा दावी नलाग्ने भएबाट आफूहरुलाई मर्का परेको गुनासो गरेका छन् । उनिहरुले बर्डफ्ल्युबाट हुने क्षतिको पनि दाबी पाउनु पर्ने माग गरेका थिए ।
कार्यक्रममा समितिका निर्देशक सुशील देव सुवेदीले बर्डफ्लु महामारी रोग भएको र यसको बीमा नहुने भएको हुनाले नेपाल सरकार कृषि तथा पशुपन्छी बिकास मन्त्रालयसंग समन्वय गरी समस्याको समाधान खोज्ने बताएका छन् । पशुपन्छी बीमामा देखिएका अन्य समस्याको हकमा बीमितहरु समेतको सहभागितामा बीमालेखमा नै संशोधन गर्दै लगिने बताए ।